ब्लग

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

ग्रह शान्ती / पूजा विधि

News Image

ग्रह शान्तिको बारेमा-जसरी जुनसुकै कार्यक्रम वा समारोह सम्पन्न गर्नका लागि सबैको संलग्नता र क्रियाशीलता आवश्यक हुन्छ त्यसरी नै हाम्रो शरीरको निर्माणमा पनि धेरै दैवी शक्तिहरुको योगदान रहेको छ । हाम्रो शरीरको निर्माणमा सूर्यले आत्मा प्रदान गर्दछन् भने चन्द्रमाले मन दिन्छन् । मङ्गलले रक्त सञ्चार गर्छन् भने बुधले कल्पनाशक्ति प्रदान गर्छन् । बृहस्पतिले ज्ञान दिन्छन् भने शुक्रले वीर्य र रज प्रदान गर्छन् । शनिले सुख र दुःखको अनुभूति प्रदान गर्छन् । राहु र केतुले पृथक् चीज प्रदान नगरी शनिले जस्तै दुःख र सुखको अनुभूति गर्न हामीलाई प्रेरित गर्छन् ।
त्यसैले, हाम्रो शरीर कसैको कृपाले प्राप्त भएको हो भन्ने कुरामा वैदिक सनातन धर्मका आस्थावान् व्यक्तिले विश्वास गर्दै आएका कारण गर्भाधानदेखि अन्त्येष्टिसम्मका संस्कारमा मात्र होइन अन्य वैदिक कर्महरुमा समेत ग्रहहरुको पूजा गर्ने गरिएको हो ।
जसरी कुनै आयोजकले कार्यक्रम सम्पन्न गर्न योगदान दिएका सबै संघसंस्था र व्यक्तिहरुलाई नामै लिएर धन्यवाद ज्ञापन गर्न बिर्संदैनन् त्यसैगरी हाम्रो शारीरिक र मानसिक विकासका लागि विशेष योगदान दिइरहेका नवग्रहहरुलाई कृतज्ञतास्वरुप पूजा गरी सम्मानभाव व्यक्त गर्ने गरिएको हो ।

ग्रह शान्ति उपाय
1.सुर्य-दान गर्ने बस्तुहरु-(मणि माणिक्य,सुन,तामा,गहु,घ्यु,मसुरो,रातो बस्त्र)शिव भगवान को पुजा गर उपासना गर्नु। 

2.चन्द्रमा-दान गर्ने बस्तु-(कपुर,दहि,चामल,सेतो कपडा,मोति,सेतो फुलु) देवीजी को पुजा सेवा गर्नु। 

3.मंगल-दान गर्ने बस्तु (मुगा,सुन,तामा,गहु,गुड,रातो कपडा) गणेशजी को पुजा गर्नु। 

4.बुध-दान गर्ने बस्तु(मास घ्यु,हरियो कपडा,काशको भाडा,कपुर,कालो बाच्छो)विष्णु भगवानको पुजा गर्नु। 

5.बृहस्पति-दान गर्ने बस्तु(चिनी,नुन,हलेदो,चनाको दाल,पहेलो धान,पहेलो कपडा) कुलदेवताको पुजा गर्नु। 

6.शुक्र-दान गर्ने बस्तु(चामल,श्रीखण्ड,सेतो कपडा,धातु,सुन,चादि,हिरा,दुध,दहि,सेतो घोडा)लक्ष्मी पुजा। 

9.शनि-दान गर्ने बस्तु(निलम,सुन,फलाम,कालो कपडा,कालो तिल,काली गाई,तोरिको तेल)भगवती पुजा। 

10.राहु-दान गर्ने बस्तु(गोमेद,सुन,सिसा,मास,गहत,कालो तील,कालो घोडा,तोरीको तेल,कम्बल,कालो भेडा)भैरव पुजा। 

11.केतु-दान गर्ने बस्तु(सुन,सिसा,मास,गहत,कालो कपडा,कालो तिल,कालो घोडा,कालो वा नीलो फुल)भैरव पुजा। 

*नव ग्रह शान्ति पुजन को लागि तल गुरुदेव संग प्रत्यक्ष भिडियो कल गर्नु होस।।

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved