समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

शहीद परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा

News Image

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले शहीद परिवारलाई एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । गाउँपालिकाले पालिकाभरिका शहीद परिवारका लागि एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने भएको हो । 

पालिकावासीलाई सुविधा प्रदान गर्न गाउँपालिकाले भर्खरै दुई वटा एम्बुलेन्स खरिद गरेको छ । खरिद गरिएको एम्बुलेन्स सञ्चालनका लागि ‘एम्बुलेन्स सञ्चालन व्यवस्थापन कार्यविधि–२०८०’ जारी गर्दै गाउँपालिकाले शहीद परिवारका लागि एम्बुलेन्स सेवा निःशुल्क गर्ने भएको हो । माओवादी जनयुद्ध, जनआन्दोलन लगायतमा शहीद भएका परिवारले गाउँपालिका हुँदै जिल्लाभित्र र जिल्ला बाहिरसमेत एम्बुलेन्स सेवा उपभोग गर्नु परेमा निःशुल्क हुने भएको छ । 

यस्तै, कार्यविधि जारी गर्दै एम्बुलेन्स सञ्चालन गर्न विभिन्न मापदण्ड बनाएको गाउँपालिकाले सेवा निःशुल्क, सहुलियत दर र भाडामा छठ दिने व्यवस्था गरेको हो । एम्बुलेन्स सेवामा शहीद परिवारका लागि पूर्ण निःशुल्कसँगै प्रसूति सेवा लिनलाई जिल्ला सदरमुकाम जानुपर्ने अवस्थाका गर्भवती महिला र दुर्घटनामा परी गम्भीर घाइते भएकालाई पनि गाउँपालिकाले जिल्लाभित्र एम्बुलेन्स सेवा निःशुल्क गर्ने भएको छ । 

यसैगरी, स्थानीय स्वास्थ्य संस्थाबाट जिल्ला अस्पतालका लागि सिफारिस (रेफर) भएका बिरामीलाई पनि एम्बुलेन्स सेवा निःशुल्क गरिएको छ । गाउँपालिकाले जिल्लाबाहिर थप उपचार सेवा लिन जानुपर्ने अवस्थाका पालिकावासी नागरिक अर्थात् बिरामीका लागि भने एम्बुलेन्स भाडादरमा ५० प्रतिशत छुट दिने भएको छ । त्यस्तै सामान्य प्रकृतिका बिरामीले स्वैच्छिक रूपमा एम्बुलेन्स सेवा उपभोग गर्न चाहेमा पालिकाभित्र र सदरमुकामसम्म पाँच हजार रुपियाँ राजस्व तिरेर सुविधा लिन पाउने व्यवस्था पनि गाउँपालिकाले गरेको छ । 

फक्ताङ्लुङ गाउँपालिकाले खरिद गरेको दुई वटा एम्बुलेन्स व्यवस्थापन कार्यविधि जारी गरेसँगै सञ्चालनमा ल्याएको छ । एउटा एम्बुलेन्स गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको तापेथोक स्वास्थ्य चौकी र अर्को वडा ३ लिङ्खिमस्थित लिङ्खिम स्वास्थ्य चौकीमार्फत सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिनुभयो । 

फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष लिम्बूले चढ्ने गाडी (सवारी साधन) लाई एम्बुलेन्सको रूपमा प्रयोग गरिँदै आएको थियो । लिम्बूले निर्वाचनताका आफू निर्वाचित भएमा अध्यक्षले प्रयोग गर्ने गाडी पालिकाभित्रका बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन उपयोग गर्ने घोषणा गर्नुभएको थियो । 

पूर्व घोषणा अर्थात् जनतासमक्ष गरेको वचनबद्धतालाई पूरा गर्दै अध्यक्ष लिम्बूले प्रयोग गर्ने सवारी साधनलाई एम्बुलेन्स खरिद गर्नु अघिसम्म करिब १४ महिना पालिकाभित्रका बिरामीलाई जिल्ला अस्पतालसम्म पुर्‍याउन र अस्पतालदेखि गाउँ फर्काउनमा प्रयोग गरिँदै आएको थियो । 

एम्बुलेन्स खरिद भएसँगै अब अध्यक्षले प्रयोग गर्ने सवारीलाई गाउँपालिकाको प्रशासनिक काममा उपयोग गरिने भएको छ । सवारी साधन मात्र नभई अध्यक्ष लिम्बूले आफूले पाउने तलब सुविधासमेत पालिकाका जनताको हितमा खर्च गर्नेगरी छुट्टै कोष स्थापना गरेर रकम जम्मा गरिदिनुभएको छ । 

-गोरखापत्र बाट

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved