समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

बलियो बन्दै नेपाल बैङ्क

News Image

 नेपाल बैङ्क लिमिटेडले आफ्नो नाफाको दरलाई बढाउँदै लगेको छ । व्यवस्थापकीय कमजोरी तथा खराब कर्जाका कारण समस्यामा पर्दै आएको सो बैङ्क अहिले वित्तीय तथा अन्य हिसाबले बलियो बन्दै गएको छ । 

बैङ्कले आर्थिक वर्ष २०७९/८० मा तीन अर्ब ४१ करोड १५ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १६.७० प्रतिशतले बढी हो । अघिल्लो आवमा बैङ्कले दुई अर्ब ९२ करोड ३२ लाख रुपियाँ खुद नाफा कमाएको थियो । 

बैङ्कको खुद ब्याज आम्दानी ४०.६१ प्रतिशत, खुद फी तथा कमिसन आम्दानी ३.८३ प्रतिशत, कुल सञ्चालन आम्दानी ३३.१६ प्रतिशत तथा सञ्चालन मुनाफा २१.१९ प्रतिशत बढेको छ । 

यस अविधमा बैङ्कको वितरणयोग्य मुनाफा ९७ करोड ३३ लाख रुपियाँ रहेको बैङ्कले जनाएको छ । बैङ्कले गत असार मसान्तसम्म दुई खर्ब ४४ अर्ब ५४ लाख रुपियाँ निक्षेप सङ्कलन गरी एक खर्ब ७८ अर्ब ८८ करोड रुपियाँ बराबरको कर्जा प्रवाह गरेको छ । 

बैङ्कको हाल १४ अर्ब ६९ करोड ४० लाख रुपियाँ चुक्ता पुँजी रहेको सो बैङ्कको जगेडा कोषमा २१ अर्ब ८८ करोड ४८ रुपियाँ छ । 

-गोरखापत्र बाट

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved