समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

गुल्मीमा किबी खेती बिस्तार हुँदै

News Image

९ कात्तिक, गुल्मी । गुल्मी जिल्लामा किबी खेती विस्तार हुँदै गएको छ । व्यवसायिक खेतीको नयाँ विकल्पको रुपमा यहाँका किसानले किबी खेतीलाई रोज्न थालेका छन् ।

जिल्लाको भार्से गाउँमा यसअघि नै किबी खेती हुने गर्थ्यो । तर, पछिल्लो समय भने जिल्लाका धेरै स्थानमा किबी खेती हुन थालेको छ । कालीगण्डकी, चन्द्रकोट, सत्यवत, मुसिकोट, रेसुङ्गा नगरपालिकालगायत जिल्लाका १२ वटै स्थानीयतहमा खेती हुँदै आएको छ ।

यतिबेला किबी फल टिप्ने बेला सुरु भएको छ । किबी कात्तिक महिनादेखि मंसिर अन्तिमसम्म पाक्ने गर्दछ ।

किबी खेती गरेका गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका-९ मा वीरबहादुर कार्कीले यस वर्ष राम्रै उत्पादन भएको बताए । २०७२ सालदेखि किबी खेती सुरु गरेकोमा ०७५ सालदेखि उत्पादन हुन थालेको थियो । उनले यस वर्ष पाँच क्विन्टल उत्पादन भएको उनले बताए ।

कार्की जस्तै जिल्ला अरु धेरै कृषकहरु किबी खेतीमा लागेका छन् ।

महङ्गोमा बिक्री हुन थालेपछि र कम मिहिनेत गरे पनि हुने भएपछि यो खेतीमा धेरैको आकर्षण बढ्न थालेको छ । गुल्मीमा उत्पादित किबी तम्घास बजारमै खपत हुने गरेको किसानहरू बताउँछन् । अहिले किबी सरदर ३०० रुपैयाँदेखि ५०० रुपैयाँ प्रति किलो बिक्री हुने गरेको छ ।

धेरै ठाउँमा उत्पादन हुँदै आएकाले यसको मूल्य सरदर १ सय रुपैयाँ प्रतिकिलो बनाउन सके बजारीकरणमा पनि समस्या नहुने कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउँछन् ।

सुन्तला र स्याउ नहुने बीचको क्षेत्रमा किबी खेती हुने गर्दछ । समुद्री सतहदेखि १२ सय मिटरभन्दा माथि किबी खेती हुने गर्दछ । जिल्लामा १२ सय मिटर माथिका भाग धेरै रहेकाले किबी खेतीका लागि राम्रो सम्भावना रहेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।

जिल्लामा हाल एक हजार हेक्टर क्षेत्रफलमा सजिलै किबी खेती गर्न सकिने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख भण्डारीले बताए । नेपालका धेरै ठाउँमा किबी खेती हुँदै आएकाले बजारीकरणमा समस्या रहेको छ ।

नेपालमा उत्पादन हुँदै आएको किबीमा विदेशीभन्दा अलिकति अमिलोपना पनि रहेको छ । धेरै फल्ने र अरु खेती नहुने ठाउँमा पनि किबी राम्रो हुने गर्दछ ।

किबी प्रवर्द्धन कार्यक्रम

कृषि ज्ञान केन्द्र गुल्मीले जिल्लामा किबी प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसमा ७५ प्रतिशत अनुदानमा बिरुवा र पोल निर्माण गर्ने गरेको छ । किबी खेती गर्दा बलियो पोल निर्माण गर्नुपर्ने भएकाले यसमा अलि खर्च हुने गर्दछ ।

अहिले कालिगण्डकी, सत्यवती र मालिकाको हृवाङदी, नेटमा किबी खेतीका लागि कार्यालयले सहयोग गर्दै आएको छ । तर, यो सहयोग नगन्य रुपमा रहेको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख भण्डारीको भनाइ छ ।

यस वर्ष किबी बिशेष कार्यक्रम भनेर कालीगण्डकी गाउँपालिकाको वडानम्बर १ को सिरकोट भन्ने स्थानमा जिल्लाकै नमूना किबी खेती विस्तार हुने भएको छ । त्यसका लागि कृषि ज्ञानकेन्द्र गुल्मीले २८ लाख रुपैयाँ विनियोजन गरेको छ । यो फार्म जिल्लाकै नमूना रुपमा अगाडि बढाइँदैछ ।

चिसो हावापानी भएको ठाउँमा मकै, आलु, कोदो खेती र पशुपालन प्रमुख पेशामा मेलापात गर्दै स्थानीय बासिन्दा हरु जीवन निर्वाहा गरिरहेका छन् ।

तर, पछिल्लो समय यता बिस्तारै कृषि वालीमा परिवर्तन गर्न खोजीरहेका छन् । हाल उत्पादन भएको फल महँगोमा बिक्री भएपछि कृषकहरु यसको व्यवसायिकता बढाउन लागिपरेका हुन् ।

राम्रो फल फलाउन गर्नुपर्ने बगान व्यवस्थापन कार्यहरु काँटछाँट, लहरा सपोर्ट, गोडमेल, मलखाद, सिँचाइ कार्यमा सुधार र कृषकहरुलाई नियमित रुपमा प्राविधिक सहयोगको जरुरी पर्दछ ।

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved