समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

भारतीले फेरि सुरु गरिन् अनशन

News Image

काठमाडौँ — दसैंमा पनि भारती मानन्धरको निधार भने खाली नै थियो । न्यायका लागि निरन्तर संघर्षमा रहेकी उनी दसैंमा पनि काठमाडौंमै बसिन् ।

दसैं अवधिभर केही दिन अनशन थाती राखेकी उनले चाड सकिएलगत्तै माइतीघर मण्डलमा रिगलविरोधी संघर्ष पुनः सुरु गरेकी छन् । शुक्रबारदेखि अनशनमा रहेकी भारती भन्छिन्, ‘अपराधी थुनिएको दिन बल्ल मेरा लागि दसैं होला ।’

आफ्ना पूर्वपति चेतन मानन्धरको हत्यारा बाँकेका योगराज ढकाल (रिगल) ले सरकारबाट पाएको आममाफीको विरोधमा निरन्तर अनशनमा रहेकी भारती न्यायको माग गर्दै माइतीघर मण्डलमा अनशनमा छिन् । उनले न्याय नपाउँदासम्म लडिरहने बताएकी छन् । शारीरिक रूपले कमजोर र अशक्त भारतीले सास रहुन्जेल न्याय पाउने आस नछोड्ने बताइन् । उनले आममाफी पाएपछि रिगलले विभिन्न मिडियामा उनको चरित्रविरोधी अन्तर्वार्ता दिएको भन्दै आपत्तिसमेत जनाइन् । ‘समाजमा महिलाको शक्तिलाई कमजोर बनाउने हतियार नै चरित्र हुन्छ,’ उनले कान्तिपुरसँग भनिन्, ‘श्रीमान्को अधिकारका लागि लड्दा चरित्रहीन हुन्छु भने पनि फरक पर्दैन, म लडिरहन्छु ।’

सर्वोच्च अदालतमा मंगलबार रिगलको आममाफीका सम्बन्धमा सुनुवाइ हुँदै छ । भारती असोज १७ देखि रिगलको विरुद्ध अनशन बस्दै आएकी हुन् । यस अवधिमा उनी पटकपटक बेहोस भए पनि चिसो सडकको अनशन रोकेकी छैनन् । दमको बिरामी र मानसिक समस्याले पीडित भए पनि भारती पूर्वपतिको न्यायका लागि कटिबद्ध देखिएकी छन् । नेपालगन्ज–८ का २९ वर्षीय मानन्धरमाथि २०७२ असार २८ मा धम्बोजी चोकमा रिगलको निर्देशनमा दिनदहाडै खुँडा प्रहार गरिएको थियो । त्यसपछि रिगल एकाएक फरार भएका थिए । घटना भएको दुई महिनापछि भदौमा रिगलले अदालतमा आत्मसमर्पण गरेका थिए । पुर्पक्षका लागि जेल पुगेका रिगललाई जिल्ला अदालत बाँकेले २०७६ वैशाखमा मानन्धरको हत्या गरेको ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय दिएको थियो ।

रिगलसहित हत्यामा संलग्न अन्य १२ जनालाई समेत कसुरअनुसार सजाय तोकेको थियो । झन्डै ५० प्रतिशत सजाय भुक्तानी गरेपछि रिगल गत संविधान दिवसका दिन रिहा भएका हुन् । तत्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलासले घटनामा संलग्नमध्ये रिगलकै समूहका सोहन सिंह ढकाललाई १० वर्ष जेल सजाय सुनाएको थियो । मनीष चौलागाईं, हरि वली, प्रितम थापा, यमबहादुर बुढा मगर, माधव नेपाली, विराज पाठक र केशवबहादुर रोकायालाई जनही ३ वर्षको कारावास सजाय तोकेको थियो । नवराज खत्री, मोहनलाल खड्का, प्रशान्त गौतम, छविलाल बस्नेतलाई जन्मकैदको सजाय तोकिएको थियो ।

चेतनसँग अन्तरजातीय विवाह गरेकै कारण परिवारले अस्वीकार गरेपछि घर, समाजसँग नै विद्रोह गरेकी भारतीका लागि बिहेपछि पनि समस्याले छोडेन । ‘बाँचुन्जेल वैवाहिक सम्बन्धका लागि संघर्ष गर्नु परिरह्यो, उहाँ बितेर गएपछि यतिबेला न्यायका लागि लड्नु परिरहेको छ,’ भारती भन्छिन्, ‘सत्यको पक्षमा उभिँदा उल्टै महिलाको चरित्र हत्या गरिन्छ भने म हरेक चुनौतीको सामना गर्न तयार छु ।’ भारतीको अनशनको पक्षमा उभिएकी नेपालगन्जकी वसन्ती नेपालीले भनिन्, ‘यो लडाइँमा भारती एक्लै छैनन् । सरकारले अपराधी खुला छोड्न पाउँदैन, यसरी अपराधीको संरक्षण भए आम नागरिक कसरी सुरक्षित हुने ?’

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved