समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

धनगढीबाट बाजुरा जाँदै गरेको जिप डोटीमा दुर्घटना, चारको मृत्यु, पाँच जना घाइते

News Image

धनगढी — शनिबार राति धनगढीबाट बाजुरातर्फ जाँदै गरेको जिप डोटीमा दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 

ग २ च २७७६ नम्बरको बोलेरो जिप दर्घटना हुँदा बाजुराको हिमाली गाउँपालिका ५ का २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा र उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा, र ८ महिनाकी प्रार्थना मलालको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । मृतक प्रार्थनाकी आमा बिमलाको टाउको चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

घाइते हुनेहरूमा सोही ठाउँका प्रकाश बुढा, खोमबहादुर मलाल, दानबहादुर बुढा, बिमला मलाल,राजबहादुर मलाल रहेका छन् । उनीहरूको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चालक बाजुरा गौमूल गाउपालिका ४ का महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिप डोटीको शिखर नगरपालिका अण्यौल भन्ने ठाउँमा दुर्घटना भएर सडकबाट ५० मिटर तल खसेको प्रदेश प्रहरीले जनाएको छ ।

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved