समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

जाजरकोट भूकम्प पीडितका लागि राप्रपाले २५ लाख दिने

News Image

१९ कात्तिक, काठमाडौं । जाजरकोट भूकम्पका पीडितको राहत तथा पुनर्स्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ लाख रुपैयाँ दिने भएको छ ।

आइतबार बसेको राप्रपा पदाधिकारी बैठकले पार्टीका संघीय सांसद तथा प्रदेश सभा सदस्यहरुको १ महिनाको तलब र पार्टीको तर्फबाट गरी २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा पार्टीको तर्फबाट सहयोग गर्न जाजरकोटमा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीको संयोजकत्वमा र रुकुम पश्चिममा सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा टोली खटाउने निर्णय गरेको छ ।

जाजरकोट र रुकुम पश्चिम जिल्लाका कार्यक्रमहरू १५ मंसिरसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । पार्टीले गर्ने आमसभा, विरोधसभा तथा प्रदर्शनका कार्यक्रमहरु कात्तिक मशान्तसम्म स्थगित गर्ने पनि उनले बताए ।

पार्टीका कार्यबाहक अध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले जाजरकोट भूकम्पमा निधन भएकाहरुप्रति दु:ख व्यक्त गर्दै घाइतेको नि:शुल्क उपचार गर्न सरकारसँग माग गरेको छ ।

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved