समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

मंसिर ७ मा ढुक्क भएर निस्कन प्रहरीको आग्रह, कतिपय स्कुल भने बन्द

News Image

नेपाल प्रहरीले मंसिर ७ गते ढुक्क भएर दैनिक कार्य गर्न आग्रह गरेको छ । आम सर्वसाधारणको दैनिकीलाई पनि सहजीकरण गर्नको लागि सवारी आवागमनलाई सहज बनाउने योजनाअनुसार सुरक्षा निकाय अघि बढेको काठमाडौं प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले बताए ।

उनले नागरिकहरुलाई कुनै डर र त्रास नलिकन आफ्नो दैनिकी बिताउन आग्रह गरे । उनले यातायातको आवागमनमा भने केही समस्या भएपनि त्यसको लागि पनि ट्राफिक प्रहरीसँगको समन्वयमा व्यवस्थापन गर्ने बताए ।

उनले मंसिर ७ गतेको प्रदर्शनमा प्रहरी प्रशासन प्रभावकारी रुपमा अघि बढ्ने गरी योजना बनाइएको बताए ।

उनले भने,  ‘भोलिको कार्यक्रमलाई मध्यनजर गरी हामीले दुवै स्थानमा हुने कार्यक्रमको लागि समारोहस्थल र सम्भावित मानिसहरु भेला हुने विभिन्न ठाउँबाट र आम सर्वसाधारणको दैनिकीलाई पनि सहजीकरण गर्नको लागि सवारी आवागमनलाई स्मोथ गर्ने, उहाँहरुलाई शाीन्त सुरक्षाको अनुभूति दिलाउने हिसावले हाम्रा विभिन्न हाम्रो काठमाडौंमा सर्कल छ, सर्कल सेक्टरबाट हाम्रो तालुक कार्यालयबाट प्रहरी प्रधान कार्यालय, उपत्यका प्रहरी कार्यालयबाट आएका मद्दतहरुलाई हामीले पूर्ण रुपमा सुरक्षा दिनेगरी हामीले प्रवन्ध गरेका छौँ ।’

उनले काठमाडौंका ९० भन्दा बढी ठाउँमा सुरक्षा प्रवन्ध गरिसकेको र प्रभावकारी रुपमा सुरक्षा व्यवस्थालाई अघि बढाइएको बताए ।

उनले भने, ‘ प्रदर्शन गर्ने क्रममा सवारी आगमनमा केही अवरोध हुनसक्छ, त्यसमा ट्राफिक प्रहरीको सहयोगमा व्यवस्थापन गर्नेछौँ । आफ्नो पेशा र दैनिकीमा जानेहरुलाई कुनैपनि अवरोध हुने छैन । अत्यावश्येक सेवा सुचारु गर्न हाम्रा सबै शक्तिहरु परिचालन गरेका छौँ । काठमाडौंका ९० भन्दा बढी ठाउँमा हाम्रा मोबाइल, तयारी अवस्थामा रहनेछन् ।’

प्रहरीले आवश्यक सुरक्षा प्रबन्ध गरेको बताए पनि राजधानीका सडकमा ट्राफिक व्यस्तता भने बढ्ने देखिएको छ ।  कतिपय स्कुलहरुले विद्यार्थी नपठाउन अभिभावकहरुलाई मेसेज पठाएका छन् । यद्यपि प्याब्सन एनप्याब्सन लगायत संस्थाले भने संस्थागत रुपमा कुनै निर्णय नभए पनि स्कुलहरुले आफ्नो आवश्यकताका आधारमा निर्णय गर्न सक्ने बताएका छन् ।

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved