समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

मुर्रा राँगा साढे चार घण्टा रोकिए भन्सारमा

News Image

भारत सरकारले उपहारस्वरूप प्रदान गरेका राँगालाई आवश्यक विभिन्न कागजपत्र नभएको भन्दै भारतीय कस्टमले नेपाल छिर्न नदिएपछि राँगा बोकेका ट्रक नाकामै रोकिएका थिए । भारतको हरियाणा राज्यको हिसारस्थित केन्द्रीय भैंस अनुसन्धान संस्थानबाट मङ्गलबार दिउँसो १५ वटा मुर्रा जातका राँगा लोड गरेर पठाइएका दुई वटा ट्रक बुधबार अपराह्न ३ बजे रुपैडिहास्थित भारतीय कस्टममा पुगे पनि विभिन्न कागजपत्र नभएको भन्दै कस्टमले रोकेको राँगा हस्तान्तरण गर्न आउनुभएका भारतका भेटनरी डाक्टर राजेश कुमारले बताउनुभयो । उहाँले ट्रकलाई बेलुकी साढे ७ बजे मात्र भन्सारबाट छाडिएको जानकारी दिनुभयो ।

डा. राजेशले भारत सरकारले नेपाल सरकारलाई उपहार दिएको कागजपत्र देखाउँदा पनि यो नाकाबाट राँगा लैजान अनुमति छैन भनेर भारतीय कस्टमका अधिकारीले ठाडो जवाफ दिएर विभिन्न कागजपत्र र बिल मागेर दुःख दिएको बताउनुभयो । 

भारतबाट आउने राँगा बुझ्न काठमाडौँबाट बुधबार बिहानै नेपालगन्ज पुग्नुभएका पशुसेवा विभाग अन्तर्गतको राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवर्धन कार्यालय काठमाडौँका प्रमुख माधव अर्यालले दिउँसो २ बजे आइपुग्ने भनिएका राँगा भारतीय कस्टमको अवरोधका कारण बेलुकी साढे ७ बजे मात्र नेपाल छिरेको जानकारी दिनुभयो । राँगालाई नेपालगन्जस्थित पशु क्वारेन्टाइन चेकपोस्ट अन्तर्गतको होल्डिङ याडमा रातभरि राखेर बिहीबार बिहान पोखरा, लहान र बाँकेका राष्ट्रिय पशु प्रजनन कार्यालयहरूमा पठाइने प्रमुख अर्यालले बताउनुभयो । उहाँका अनुसार नेपाललाई प्राप्त भएका राँगामध्ये सात वटा पोखरा, पाँच वटा लहान र तीन वटा बाँकेको पशु प्रजनन केन्द्रमा पठाइने छ ।

मुर्रा जातका राँगा लैजानका लागि राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख पशु विकास अधिकृत डा. भाजुराम महतो र राष्ट्रिय पशु प्रजनन कार्यालय लहानका प्रमुख वरिष्ठ पशु विकास अधिकृत शिभनाथ महतोको नेतृत्वमा टोली बुधबार नै नेपालगन्ज पुगिसकेको छ । 

बिहीबार राँगाको स्वास्थ्य परीक्षण गरेर मात्र दिइने पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. विनय कर्णले जानकारी दिनुभयो । उहाँले एउटा मुर्रा जातको राँगाबाट वर्षमा २० देखि ५० हजार डोज वीर्य उत्पादन गर्न सकिने जनाउँदै यसले भैँसीको नश्ल सुधारमा आमूल परिवर्तन हुने बताउनुभयो ।  

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved