समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

सुन काण्डमा एमालेले अंश खोजेर संसद चल्न दिएन : राप्रपा

News Image

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवैध सुन आयात प्रकरणमा एमालेले अंश खोजेको गम्भीर आरोप लगाएको छ ।

गैरकानुनी रुपमा नेपाल भित्रिएको झण्डै एक सय किलो सुन बरामद भएको विषयलाई लिएर एमालेले अनावश्यक रुपमा सत्तारुढ दलहरुसँग भाग खोजेको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको टिप्पणी छ ।

 

सुनकाण्डमा तोलमोल भयो । उच्च स्तरीय छानबिन भनेर एमालेले सुन काण्डमा अंश खोज्यो । यो गम्भीर अपराध हो’ प्रमुख सचेतक शाहीले अनलाइनखबरसँग भने ।

गत साउन २ गते त्रिभुवन विमानस्थलबाट गैर कानुनी रुपमा भित्रिएको झण्डै एक सय किलो सुनको विषयले राजनीतिक वृत तरंगित छ ।

उक्त प्रकरणमा सरकारले गर्ने अनुसन्धानमा विश्वास नरहेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले साउन १० गतेदेखि संघीय संसदको दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा)को बैठक चल्न दिएको छैन ।

सोमबार बसेको प्रमुख तीन दलको बैठक पनि निस्फल भएपछि अर्को बैठक मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved