समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

नेपालका लागि यू-१९ एसिया कप विश्वकपको तयारी

News Image

१५ मंसिर, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमले यो वर्ष एसिया कपमा भारत र पाकिस्तानसँग खेल्यो । त्यही बाटो पछ्याउँदै नेपालको यू–१९ टिमले पनि एसिया कप खेल्दै छ ।

र, एउटा संयोग नै मान्नुपर्छ, यू–१९ एसिया कपमा पनि नेपालका प्रतिद्वन्द्वी भारत र पाकिस्तानसँगै अफगानिस्तान छन्।मंसिर २२ गतेदेखि यूएईका सुरु हुने प्रतियोगितामा नेपालको लक्ष्य सहभागिता मात्र नभएर टेष्ट राष्ट्रलाई हराउने पनि छ ।यू–१९ टिमका प्रशिक्षक जगत टमटा भन्छन्, ‘युद्धमा सिपाही मर्छु भनेर जाँदैन । हामी पनि हार्ने भनेर जाँदैनौं, हामीले विगतमा टेष्ट राष्ट्रलाई जितेका छौं, यो पालि पनि हामी खेल्न मात्रै नभइ जित्न जाने हो ।’

नेपालले उमेर समूहमा टेष्ट राष्ट्रहरु न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश र जिम्बाबेलाई हराइसकेको छ ।

एसिया कप लगत्तै नेपालले यू–१९ विश्वकप खेल्ने छ । त्यसैले एसिया कपलाई नेपाली टिमले विश्वकपको तयारीका रुपमा लिएको छ । श्रीलंकामा तय भए पनि दक्षिण अफ्रिकामा सरेको आउँदो महिना हुने विश्वकपमा नेपालको समूहमा पाकिस्तान, न्यूजिल्याण्ड र अफगानिस्तान छन् ।

एसिया कपमा भारत, पाकिस्तान र अफगानिस्तानको समूहमा हामी उत्साहित छौं,’ कप्तान देव खनालले भने, ‘जुन किसिमको क्रिकेट उनीहरु खेल्छन्, त्यो नेपालमा छैन त्यसैले उनीहरुसँग खेल्दा हाम्रो क्षमता र धैर्यताको परीक्षा हुनेछ ।

सिनियर टिमबाट खेलिसकेका गुल्सन झा यू–१९ टिममा फर्किएका छन् । गुल्सनको आगमनले टिमलाई थप बलियो बनाएको टिमका कप्तान खनालले बताए । उनले भने, ‘नेपालको सबैभन्दा ठूलो म्याच विनर टिममा आउँदा टिम थप सन्तुलित भएको अनुभव भएको छ ।’

गुल्सनले सिनियर टिममा देखाएको प्रदर्शनले यू–१९ टिमलाई पनि निकै सहयोग पुग्ने प्रशिक्षक टमटा बताउँछन् ।

‘गुल्सन टिममा एउटा अलराउन्डरकै रुपमा आएको हो । ऊ पनि टिमको लिडर हो । उसले बलिङ र ब्याटिङ दुवैतर्फ हेर्नु पर्छ,’ प्रशिक्षक टमटा भन्छन्, ‘ऊ आएपछि कुनै पनि म्याच जहाँबाट पनि जित्न सकिन्छ । धेरै फरक पार्छ ।’

टिममा पुन आउन पाउँदा गुल्सन आफैं पनि खुसी छन् । उनी भन्छन्, ‘टिममा पुन फर्किदा खुसी छु । एसिया कप विश्वकपको लागि टिममा फर्किएको छु । सिनियर टिममा खेलेको अनुभव लिएर आएको छु ।’

एक हप्तायता यू–१९ टिमसँग अभ्यास गरिरहेका गुल्सनलाई टिममा सिनियर टिमको जस्तै अलराउन्डरको भूमिका दिइएको छ । प्रशिक्षक टमटा भन्छन्, ‘उसले अलराउन्डर बेसमा खेल्ने हो । बलिङमा तीव्र गतिको बलर तथा ब्याटिङमा फिनिसिङको रोल हुनेछ ।’

कुनैसमय सँगै यू–१९ को यात्रा सुरु गरेका गुल्सन र देवले पुन साझेदारी गर्नेछन् । यस विषयमा पनि गुल्सनको आगमनले टिममा आफ्नो जिम्मेवारी बाँडिएको अनुभव कप्तान देवले गरेका छन् ।

बलिङ डिर्पाट पनि गुल्सनको आगमनले निकै खुसी छ । टिममा मुख्य स्पिनरको भूमिका निर्वाह गरिरहेका दिपेश कँडेल भन्छन्, ‘गुल्सन दाइ आएर टिम सन्तुलित बनेको छ । दाइले आफ्नो अनुभव साटिरहनु भएको छ ।’

नेपाली सिनियर टिमको टी–२० विश्वकप आइरहँदा गुल्सनका लागि यो प्रतियोगिता सिक्ने र आफूमा विश्वास भर्ने महत्वपूर्ण प्लेटफर्म हो । ‘उसले यहाँ खेल्दा ऊ आफैलाई पनि विश्वास आउँछ । जसले गर्दा उसलाई सिनियर टिममा पनि सहयोग हुन्छ’, प्रशिक्षक टमटाले भने ।

गुल्सनसहितका ३ खेलाडी थपिँदा ३ पुराना खेलाडीले अन्तिम १४ मा स्थान बनाउन सकेनन् । पुरानो टिमबाट बाया हाते तीव्र गतिका बलर दुर्गेश गुप्ता, मिलन बोहोरा र दिपक बोहरा टिममा अटाएनन् ।

उनीहरुको ठाउँमा गुल्सनसँगै बायाँ हाते ओपनर ब्याटरको रुपमा विपिन रावल र स्पिनर तिलकराज भण्डारी टिमको अन्तिम १४ मा अटाएका छन् ।

दिपेशले यो प्रतियोगिता विश्वकपको तयारीका रुपमा रहेकाले टिममा आफ्नो भूमिका निर्वाह गर्नमा लाग्ने बताए । उनले भने, ‘गुरुले मलाई जुन रोल दिनुभएको छ, त्यहि रोलमा खेल्ने हो । प्रेसर छैन ।’

नेपालका लागि ओपनरको रुपमा राम्रो भविष्य देखिएको खेलाडी हुन् अर्जुन कुमाल । अर्जुनले एकातर्फबाट विकेट सम्हालेर नेपालको ब्याटिङ बलियो बनाउने गर्छन् । ठूलो प्लेटफर्ममा गएर उत्कृष्ट प्रदर्शन गर्ने उनलाई रहर छ ।

‘ठूलो अवसर हो । विश्वकप क्वालिफायर्स र एसिया कप क्वालिफायर्समा राम्रो प्रदर्शन गरेर आएको छु । मलाई आफूमा विश्वास छ’, कुमाल भन्छन् ।

टिममा उनलाई एकातर्फबाट विकेट होल्ड गरेर खेल्ने जिम्मेवारी दिइने गरेको छ । टेष्ट राष्ट्रहरुविरुद्ध पनि उनी आफ्नो जिम्मेवारी बुझेर ठूलो रन तथा शतक बनाउने प्रयासमा रहने उनले बताए । ‘मेरो बलियो पक्ष नै त्यहि हो कि म जसरी हुन्छ, एकातर्फबाट विकेट होल्ड गरेर राम्रो स्कोर बनाऊँ । यस पटक पनि त्यहि नै प्रयास रहनेछन ।’

प्रशिक्षक जगत टमटा यू–१९ टिमका लागि जहिले पनि लक्की प्रशिक्षक सावित हुन्छन् । उनले नेपाललाई ८ वर्षपछि पुन विश्वकपमा पुर्‍याएका छन् । १० औं पटक यू–१९ एसिया कप खेलिरहेको नेपालका प्रशिक्षक टमटाको लागि भने यो दोस्रो एसिया कप हो ।

एसिया कपमा चरणबाटै बाहिरिने गरेको नेपालले २०१७ मा भने सेमिफाइनलमा स्थान बनाएको थियो । यसपटक सेमिफाइनल खेल्ने नेपालको लक्ष्य छ । ‘टेष्ट राष्ट्रलाई हराउने मेरो सपना छ । हामी टेष्ट राष्ट्रलाई हराएर सेमिफाइनलसम्म पुग्न चाहन्छौं’, नेपालका कप्तान देव खनालले भने ।

अहिलेकै जस्तो श्रोत साधनले यसअघि टेष्ट राष्ट्रलाई हराएको भन्दै प्रशिक्षक टमटा अहिले पनि टिममा त्यो क्षमता रहेको बताउँछन् ।

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved