समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

दोहोरो अंकमा बढ्यो नेप्से, निर्जीवन बीमामा आकर्षण

News Image

काठमाडौं । बिहीबार पनि नेप्सेको वृद्धिले निरन्तरता पाएको छ । अघिल्लो दिन जम्मा ३ अंकले बढेको बजार बिहीबार भने ११.७३ अंकले बढ्यो । अघिल्लो दिन १ अर्ब १४ करोडको कारोबार भएकोमा बिहीबार २ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको छ ।

नेपाल पुनर्बीमा कम्पनी र ग्लोबल आईएमई बैंकको संस्थापक सेयरको उच्च कारोबारले समग्र कारोबार रकम बढ्न गएको हो । बिहीबारको कारोबार असोज ४ गते यताकै उच्च हो ।

कुल १७५ कम्पनीको मूल्य बढ्दा ५७ को घट्यो भने ८ को स्थिर रह्यो । केही दिनअघिसम्म जीवन बीमा समूहमा देखिएको लगानीकर्ताको आकर्षण बिहीबार भने निर्जीवन बीमामा सरेको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै २.१ प्रतिशत बढ्यो । जलविद्युत् समूह १ प्रतिशत बढ्यो ।

बैंकिङ ६.९, विकास बैंक २०, फाइनान्स ११, होटल तथा पर्यटन ३२, जलविद्युत् २०, जीवन बीमा ८, उत्पादन ३१, माइक्रोफाइनान्स २, निर्जीवन बीमा २०९ र अन्य समूह १ अंक बढे । व्यापार समूह भने १३ अंक घटेको छ ।

त्रिशूली जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । केही दिनअघि प्राथमिक सेयर दोस्रो बजारमा सूचीकृत भएको यो कम्पनीको आजको कारोबार पहिलो हो । कम्पनीको मूल्य प्रतिकित्ता २९४ रुपैयाँ ८० पैसा पुगेको छ । समाज लघुवित्त र सीवाईसी लघुवित्तको मूल्य पनि १० प्रतिशत बढ्यो । आशा लघुवित्तको ७, बुद्धभूमि हाइड्रोपावरको ५.८, हाथवे इन्भेस्टमेन्टको ५ तथा नेपाल इन्स्योरेन्सको ५ प्रतिशत मूल्य बढ्यो ।ग्लोबल आईएमई लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.८, मन्दाकिनी हाइड्रोको ५.४, विजय लघुवित्तको ५, मेन्छियाम हाइड्रोको २.९ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी (संस्थापक), सिटिजन लाइफ इन्स्योरेन्स, सोनापुर मिनरल्स, माउन्टेन इनर्जी र ग्लोबल आईएमई बैंक संस्थापक सेयर क्रमशः अगाडि रहे ।

 

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved