समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

देशैभर बाढीपहिरो : दुई जनाको मृत्यु, सात बेपत्ता

News Image

काठमाडौँ, साउन २४ गते । देशका विभिन्न स्थानमा सोमबार रातिदेखि भएको अविरल वर्षाका कारण बाढीपहिरो र डुबानलगायतका प्राकृतिक विपत्ले जनधनमा क्षति पु-याएको छ। विगत २४ घण्टामा देशका विभिन्न भागमा १४ वटा बाढीपहिरोजन्य घटनामा परेर दुई जनाको ज्यान गएको छ भने पाँच जना बेपत्ता भएका छन्। 

मृत्यु हुनेमा मकवानपुर र धनुषाका रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता धु्रवबहादुर खड्काका अनुसार सात जना बेपत्ता भएका छन्। त्यस्तै पाल्पामा पहिरो जाँदा तीन जना घाइते भएका छन्। चितवन, बागलुङ, नुवाकोट र सिन्धुलीमा वर्षा र बाढीपहिरोका कारण जनजीवनमा असर पुगेको छ। 

कैलाली, कञ्चनपुरलगायतका तराईका अधिकांश जिल्ला बाढी र डुबानको चपेटामा परेका छन्। अविरल वर्षा, बाढीपहिरो र डुबानमा परेर दुई वटा घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका र नौ घरपरिवार पूर्ण प्रभावित बनेको बताइएको छ। प्रारम्भिक अनुमान अनुसार हालसम्म २० लाख रुपियाँभन्दा बढीको धनमाल क्षति भएको छ। 

बाढी पूर्वानुमान शाखाका दीपेन्द्र रिजालका अनुसार तराईतिर अझै पनि बाढी र डुबानको जोखिम कायम छ। पूर्वको कमला र पश्चिमको बबईमा बहाव बढेको छ। 

तथापि मध्याह्नदेखि वर्षा कम भएकाले नदीको बहाव स्थिरतातिर फर्के पनि वर्षा हुनासाथ फेरि बहाव बढ्न सक्ने सम्भावना कायमै रहेको शाखाले जनाएको छ। कमला नदीमा बहाव बढ्दा शाखाले राखेको बाढी मापन गर्ने सेन्सर नै बगाएको छ।

मध्यक्षेत्रको काठमाडौँ उपत्यकामा रातभर वर्षा हुँदा यहाँका बागमती, विष्णुमती, रुद्रमतीलगायतका ठूला तथा साना नदीको बहाव बढेर विभिन्न क्षेत्रलाई डुबानमा पारेको छ। चितवन, मकवानपुर, नवलपरासी क्षेत्रमा पनि वर्षाले नारायणी, राप्तीलगायतका ठुला तथा मझौला नदीमा बाढी बढेको छ। 

जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार अझै केही दिन निरन्तर वर्षा हुने सम्भावना छ। सोमबार रातिको जस्तो ठुलो वर्षा नभए पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना कायमै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो। शुक्रबारसम्म नै आकाशमा बदली र वर्षाको क्रम निरन्तर रहने अनुमान महाशाखाले गरेको छ। 

जलवायु शाखाले मङ्गलबार बिहान सार्वजनिक गरेको तथ्याङ्क अनुसार विगत २४ घण्टामा सबैभन्दा बढी वर्षा कैलालीको चिसापानीमा ४२४.२ मिलिमिटर मापन भएको छ। कुल २५२ वटा वर्षा मापन केन्द्रमा भएको मापन अनुसार आठ वटा केन्द्रमा दुई सय मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ। त्यस्तै १५ वटा केन्द्रमा १५० मिलिमिटर, ३९ केन्द्रमा एक सय मिलिमिटर, ८८ केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ। गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा बढी वर्षा भएको महाशाखाले जानकारी दिएको छ। 

वैशाखयता बाढीपहिरोलगायतका घटनामा परेर १३० जनाको ज्यान गइसकेको छ भने ३४ जना बेपत्ता भएका छन्। त्यसयता चार हजार ६३१ घरपरिवार प्रभावित बनेको प्राधिकरणले जनाएको छ। 

गोरखापत्र

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved