समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

१४ किलो सुन शौचालयमा लुकाएर विमानस्थल बाहिर निकाल्ने थियो योजना

News Image

२२ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बिहीबार राति ११ः४० बजे विमानस्थलबाट १४ किलो सुन बरामद गर्‍यो ।

सुन बरामद भएपछि सार्वजनिक भिडियोमा पक्राउ परेका व्यक्ति चन्द्र घले सुनका ७ वटा बिस्कुट आकारका चक्की बोकेर सामान्य ढंगले हिँडेको देखिन्छ । १४ किलो सुन बोकेका व्यक्ति कसरी त्यति निष्फिक्री विमानस्थल स्थलभित्र हिँडिरहे ? धेरैले प्रश्न गरेका छन् ।

कतिपयले विमानस्थलभित्र सेटिङविना कसैले किन त्यत्रो परिमाणको सुन ल्याउने जोखिम उठाउन सक्छ भनेर शंका पनि गरेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक टोकराज पाण्डेले पनि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यस्तै प्रश्नको सामना गर्नुपर्‍यो । तर, उनले आरोपीलाई विमानभित्रै समातेर विमानस्थलको ‘वाक थ्रु गेट’मा ल्याएकाले त्यस्तो देखिएको हुनसक्ने तर्क गरे ।

पहिल्यै समातिएका हुन्, पछि भिडियो खिचेकाले त्यस्तो लागेको हुनसक्छ’, उनले भनेका छन् । यद्यपि, प्रश्न अझै रहन्छ – ६० किलो सुन समातिएर मुद्दाको किनारा समेत लागिनसक्दै फेरि कसैले किन झण्डै १४ करोड रुपैयाँ बराबरको सुन लिएर हिँड्ने जोखिम उठाउँछ ?

सुन प्रकरणको अनुसन्धानमा खटिएका अधिकृतहरुले यो जिज्ञासाको जवाफ भेटेको भन्सार स्रोत बताउँछ । भन्सार स्रोतका अनुसार, पक्राउ परेका घलेलाई यूएईबाट ल्याएको सुन अध्यागमनको शौचालयमा राख्न भनिएको थियो ।

सुन विमानस्थलबाट कसरी बाहिर निकालिन्थ्यो र यसमा अरु को–को संलग्न थिए भन्ने विषयमा छानबिन गर्न प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा समिति गठन भएको छ ।

समितिमा नेपाल प्रहरीका डीएसपी सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, भन्सार अधिकृत डिल्लीप्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना सदस्य छन् । उनीहरुलाई ५ दिनभित्र छानबिन गरेर प्रतिवेदन बुझाउन भनिएको छ ।

पक्राउ परेका घले राति ११ः४० बजे फ्लाई दुबईको जहाजबाट काठमाडौं अवतरण गरेका थिए । उनीसँगको सोधपुछपछि राति नै प्रहरीले मीनबहादुर घलेलाई पनि पक्राउ गरेको छ । चन्द्रले मीनबहादुरले आफूलाई पठाएको बताएपछि उनलाई प्रहरी टोलीले पक्राउ गरेको थियो ।

‘उनीसँग सुन छ भन्ने यकिन भएपछि त्यहीँ नियन्त्रणमा लिएर एक्सरेमा ल्याएका थियौं’, विमानस्थल भन्सार प्रमुख पाण्डेले भने, ‘त्यसक्रममा उनले छातीको दायाँ बायाँ लगाएको ज्याकेटभित्रका खल्तीमा दुई÷दुई किलोको ७ वटा सुनको बिस्कुट फेला प¥यो ।’

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबारै रसुवा नाकाबाट आएको दुई किलो अवैध सुन बरामद गरेको छ । कार्यालयले तीन दिनअघि न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो अवैध सुन समेत बरामद गरेको थियो ।

केही समयअघि विमानस्थलको सबै सुरक्षा जाँच पास भएर बाहिरिएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसअघि भेपमा लुकाएर ९ किलो सुन ल्याएको समेत खुलेको थियो । यो मामिलामा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल अहिले पनि थुनामा छन् ।

सुन प्रकरणको अनुसन्धानका लागि सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्ली आचार्यको नेतृत्वमा छानबिन समिति बनाएको छ । समितिले यी प्रकरणका आरोपीहरुको हाल बयान लिइरहेको छ ।

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved