समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

नयाँ हलमा मन्त्रिपरिषदको बैठक जारी

News Image

४ पुस, काठमाडौं । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नयाँ हलमा जारी बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल भइरहेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार अबदेखि मन्त्रिपरिषदको बैठक नयाँ हलमा नै बस्ने छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्ष पनि सिंहदरबारमा पश्चिमतर्फको (रेट्रो फिटिङ भएको) भागमा सारिएको थियो ।

२०७२ को भूकम्पले क्षति पुगेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रबलीकरण शहरी विकास मन्त्रालयले गरेको थियो । २ वर्षभित्र सक्ने गरी लगाइएको पुनर्निर्माणको ठेक्का करिब साढे ४ वर्षपछि सकिएसँगै प्रधानमन्त्री प्रचण्डले भूकम्पअघिकै कार्यकक्ष प्रयोग थालेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयभित्रका स्टेट हल र बेलायती कक्ष तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले निर्माण र प्रयोग गरेका कक्ष हुन् । यी कक्षहरु विगतमा २०७२ अघिका प्रधानमन्त्रीहरुले पनि प्रयोग गरेका थिए ।

पश्चिम मोहोडाका यी विशिष्ट पाहुनाहरुसँगको बैठक गर्ने विशिष्ट र ऐतिहासिक कक्षहरु तयार भएसँगै सिंहदरबारको मूल भवनको पुनर्निर्माणको काम लगभग सकिएको छ ।

अब प्रधानमन्त्रीको कार्यकक्षसँगै पुरानै स्वरुपमा पुनर्निर्माण भएका स्टेट हल र बेलायती कक्ष पनि प्रयोगमा ल्याउने तयारी छ ।

यसअघि प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनर्निर्माण गरिएको सिंहदरबारको भागको संयुक्त रुपमा अवलोकन गरेका थिए ।

 

 

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved