समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

तीन नेपाली बने ई–स्पोर्ट्सका रेफ्री

News Image

७ पुस ,काठमाडौं । नेपालका तीन जना ई-स्पोर्ट्सको रेफ्री बनेका छन् । इन्टरनेसनल ई–स्पोर्ट्स फेडेरेसन (आईईएसएफ) ले वर्ल्ड ई–स्पोर्ट्स समिट २०२३ को अवसरमा दक्षिण कोरियाको बुसानमा हालै आयोजित वर्ल्ड ई–स्पोर्ट्स रेफ्री एकेडेमी २०२३ मा नेपालका तीन जना प्रतिनिधिले सफलता हासिल गर्दै रेफ्री लाइसेन्स हात पारेका छन् ।

आईईएसएफद्वारा भौतिक उपस्थितिमा पहिलोपल्ट आयोजित कार्यक्रममार्फत् रेफ्री लाइसेन्समा दुई दिने कक्षापछि भएको परीक्षामा नुवाकोटका क्षितिज श्रेष्ठ, अरुण मिश्र र सौजन्य श्रेष्ठले सफलता हासिल गर्दै रेफ्री लाइसेन्स हात पारेका हुन् ।

आईईएसएफको रेफ्री कोर्स उत्तीर्ण गर्ने उनीहरू पहिला नेपाली हुन् । अब उनीहरूले आईईएसएफ रेफ्री टायर २ को हैसियतमा ई–स्पोर्ट्सका प्रतियोगिता सञ्चालन गर्न पाउने छन् ।

उनीहरू नेपाल ई–स्पोर्ट्स एसोसिएसन (नेसा) को सिफारिसमा वर्ल्ड ई–स्पोर्ट्स रेफ्री एकेडेमी २०२३ मा सहभागि भएका थिए । अमेरिकाका जेम्स उड र पिटर स्टेन्सनी, कोरियाका ली सुङ वन तथा अर्जेन्टिनाका निकोलस क्रेस्पोले प्रशिक्षण दिएको वर्ल्ड ई-स्पोर्ट्स रेफ्री एकेडेमी २०२३ मा सात देशका २४ जना सहभागि भएका थिए ।

मोटर स्पोर्ट्सका मार्सलसमेत रहेका क्षितिज बुद्धिचाल (चेस) का आर्बिटर (निर्णायक) पनि हुन् । अरुण र सौजन्य १९ औं एसियाली खेलकुद २०२३ मा ई–स्पोर्ट्सअन्तर्गत ड्रिम थ्री किङडम २ को नेपाली टिमका खेलाडी हुन् ।

 

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved