समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

महानगरले भत्कायो पशुपति क्षेत्रको अनधिकृत संरचना

News Image

२६ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपतिको भण्डारखाल क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काउन थालेको छ ।

नगर प्रहरी निरीक्षक किशोर भट्टराईका अनुसार पशुपति क्षेत्र विकास कोष अन्तर्गत नक्सा पास विना निर्माण भएको र पशुपतिको मापदण्ड विपरित बनेका संरचनाहरु भत्काएको हो ।

‘पशुपति क्षेत्र विकास कोषको मातहतमा बन्ने संरचनामा अनिवार्य काठको झ्याल ढोका हुनुपर्ने थियो । तर यहाँ जस्तापाताका १२/१३ वटा संरचनाहरु निर्माण भएको छ, आज त्यो हटाइरहेका छौं,’ भट्टराईले भने ।

यस्तै नक्सा पास विना बनेका पुराना १२ वटा साना पक्कीघरहरु पनि महानगर प्रहरीले भत्काइरहेको भट्टराईले जानकारी दिए ।

केही समय अगाडि काठमाडौं महानगरपालिका-वडा नम्बर ८ ले पशुपति क्षेत्रको जग्गामा बनेको अनधिकृत संरचना हटाउन सूचना जारी गरेको थियो । सूचनालाई अटेर गरेको भन्दै महानगरले अनधिकृत संरचना भत्काउन सुरु गरेको हो ।

 

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved