नेपाली काँग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले विपक्षी दलको संयुक्त बैठक बोलाउनुभएको छ । विहान १०ः३० बजे बैठक सुरु हुने काँग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
नयाँ बानेश्वरस्थित संसद भवनमा अहिले काँग्रेसको संसदीय दलको बैठक जारी छ । कांग्रेस बैठक सम्पन्न भएलगत्तै विपक्षी दलको बैठक बस्ने प्रमुख सचेतक लेखकले बताउनुभयो । संघीय सदनमा भइरहेको संघर्ष र सहकारीमा भइरहेको समस्या समाधानका लागि संसदीय छानविन समिति गठनबारेमा केन्द्रित भएर छलफल हुने उहाँले जानकारी दिनुभयो ।
बैठकमा कांग्रेस, राप्रपा, जसपा नेपाल, लोसपा र जनमोर्चाको सहभागिता रहने काँग्रेसले जनाएको छ ।
-गोरखापत्र दैनिकबाट