समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री सहमत : कांग्रेस

News Image

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नदिने अडान राखेको छ। शनिबार बिहान सदनको गतिरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुलाई बालुवाटारमा छलफल गर्न बोलाएका हुन्। उक्त बैठकमा देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।

बैठकपश्चात नेपाली कांग्रेसका प्रमुख सचेतक लेखकले संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री सहमत भएको जानकारी दिए। उनले सत्ता साझेदार दलसँग छलफल गरेर पुन: बैठक बस्न जानकारी गराएको बताए। ‘कांग्रेसले राखेका माग र संसदीय छानबिन समिति गठन गरेर निकास दिन सहमत हुनु भयो। उहाँ सकारात्मक हुनुहुन्छ, थप छलफल गर्ने कुरा भएको छ’लेखकले भने।

संसदमा उत्पन्न गतिरोध अन्त्य गर्न विभिन्न चरणमा सत्ता पक्ष र प्रतिपक्षबीच छलफल भएपनि निष्कर्षविहीन बनेपश्चात आज पुन: सभामुख देवराज घिमिरेले दिउँसो २ बजे  बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न लागेका छन्। समय व्यवस्थापन भए प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि सभामुखले छलफल गर्ने बताइएको छ।

 

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved