समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

अपराध गर्न आउने विदेशीको संख्या बढ्दै

News Image

चैतमा उपत्यकाका विभिन्न ठाउँबाट २८ जना बंगलादेशी नागरिक पक्राउ परे। वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक पुर्‍याइदिने भन्दै उनीहरूले बंगलादेशबाट नागरिकलाई ल्याएर काठमाडौंको एउटा होटलमा बन्धक बनाएर राखेका थिए। क्यानडा, इटाली, अमेरिका, क्रोसियालगायतका देशमा नेपालबाट सजिलै भिसा लाग्ने प्रलोभन दिएर उनीहरूले ती व्यक्तिलाई ल्याएका थिए। नेपाल ल्याएर कोठामा बन्धक बनाएर धाकधम्की दिने, कुटपिट गर्ने र आफन्तसँग सम्पर्क गर्न नदिई पासपोर्ट नियन्त्रणमा लिएका थिए। पीडितसँग लाखौं नगद लिएर उनीहरूले अलपत्र पारेका थिए। 
 

चैत २२ गते ठमेलस्थित होटल ‘सिस्टर होम’बाट प्रहरीले दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गर्‍यो। यस्तै, काठमाडौंको अर्को एक होटलबाट दुई जना पाकिस्तानी नागरिक पनि पक्राउ परेका थिए। श्रीलंकाका नागरिकलाई नेपालमा ल्याएर उनीहरूले बन्धक बनाएर राखेका थिए। पाकिस्तानका जुबैर अजमद, शाहजहन तन्विर, मलिक अब्दुल हमिद र आरिफ मसिहविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान गरिरहेको छ। 

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार एजेन्टको सहयोगमा युरोप पठाइदिने भन्दै श्रीलंकाका नागरिकलाई हवाईमार्गबाट काठमाडौं ल्याइएका थिए। पक्राउ परेका पाकिस्तानी नागरिकबाट क्यानडा, ग्रिस र स्पेनको नक्कली भिसा फेला परेको प्रहरीले जनाएको छ।  

गत कात्तिक महिनामा कलैया—६ बारामा स्थानीय रुपेश सर्राफको दिउँसै गोली हानी हत्या भयो। कलैया—६ मदरसाटोलको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक सर्राफलाई भारतीयले गोली हानेका थिए। 

युगान्डाकी एक महिलालाई काठमाडौं ल्याएर वेश्यावृत्तिमा लगाएको आरोपमा २०७९ फागुनमा पक्राउ परेका २५ वर्षीया नताशा भनिने एमाकुलेट नाबासुम्बाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दा चलेको छ। 

यी त केही उदाहरणमात्रै हुन्। विभिन्न अपराधका घटनामा विदेशी नागरिकको संख्या ह्वात्तै बढेको छ। आपराधिक मानसिकतासाथ नेपाल आउने विदेशीको संख्या पनि बढ्दो छ। सजिलै अनअराइभल ‘आगमन’ भिसा पाइने भएकाले पनि आपराधिक मानसिकताका विदेशी नागरिक नेपाल आउन थालेको सुरक्षाविज्ञहरूको भनाइ छ। आगमन भिसामा नेपाल आएका विदेशी नागरिक कहिले मानव तस्करीमा संलग्न भएका भेटिन्छन्, त कहिले हत्या, चोरी र ठगीजस्ता अपराधमा मुछिन थालेका छन्। कहिले अनलाइन ठगीमा चिनियाँ नागरिकको समूहमै संलग्न भएको भेटिन्छ। त कहिले कोकिन, हिरोइनजस्ता लागुऔषध बोकेर नेपाल भित्रिएका अवस्थामा अफ्रिकन नागरिक फेला पर्न थालेका छन्। 

प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो साढे ३ वर्षमा ४ सय ८० जना विदेशी नागरिक विभिन्न अपराधमा संलग्न भएको पाइएको छ। आव २०७७/०७८ को सुरुवातदेखि आव २०८०/०८१ को फागुनसम्म विभिन्न देशका नागरिक नेपालमा आएर अपराधमा मुछिएका हुन्। प्रहरीको तथ्यांकअनुसार अपराधमा संलग्न हुने विदेशी नागरिकमध्ये सबैभन्दा धेरै भारतीय छन्। त्यसपछि चीन र बंगलादेशी नागरिक छन्। यो अवधिमा मुलुकमा गैरकानुनी कार्यमा संलग्न भएका विदेशी नागरिकमा १ सय ९२ जना भारतीय छन्। ८४ जना चिनियाँ नागरिक र ३२ जना बंगलादेशी नागरिक आपराधिक कार्यमा संलग्न भएको पाइएको प्रहरीको भनाइ छ। 

कारागार व्यवस्थापन विभागका सूचना अधिकारी गोकर्ण खनालका अनुसार १ हजार ३ सय ८४ जना विदेशी नागरिक जेलमा छन। जसमा १ हजार २ सय ४ जना भारतीय नागरिक छन्। २४ जना चिनियाँ नागरिक नेपाली जेलमा परेका छन्। यस्तै, बंगलादेशी ३ जना र पाकिस्तानी १२ जना जेलमा छन्। थाइल्यान्डका ८ जना, फिलिपिनी ३, दक्षिण अफ्रिकाका १३, सुडानका १२ र अमेरिकाका २ जना नेपाली जेलमा परेका छन्। 

-अन्नपूर्ण

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved