समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

सभामुखले पदीय मर्यादा राख्नुभएन, दलको कार्यकर्ताजस्तो देखिनुभयो : कांग्रेस

News Image

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेले पदीय भूमिका निर्वाह नगरेको ठहर गरेको छ। नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखको भूमिका राजनीतिको दलको कार्यकर्ताजस्तो देखिएको बताए।

'आजको दृश्यले सभामुखको पदीय गरिमा नभएको ठहर गरेका छौं। त्यो गरिमा र मर्यादा राख्न पर्थ्यो। तर, राजनीति दलका कार्यकर्ताजस्तो पेस हुनु सभामुखजस्तो पदको लागि शोभनीय हुँदैन। सभामुखज्युलाई संसदीय परम्परा जोगाउन भूमिका निभाउन ध्यानाकर्षण गराउन चाहन्छौं,' कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने।

उनले सत्तापक्षले बहुमतको दम्भ देखाएको आरोप लगाए। संसदमा देखिएको दृश्य नेपालको संसदीय इतिहासमा नौलो घटना र दुःखदायी घटना भएको उनको भनाइ छ। यसले संसदीय परम्परालाई कमजोर पार्ने उनले बताए। 'विपक्षीलाई स्पेश नदिने, बोल्न नदिने, समय हुँदाहुँदै आजै विश्वासको मत लिने र संसदलाई ब्यारेक बनाएर विश्वासको मत लिनु खेदजनक छ,' उनले भने, 'सभामुखज्युले आझ विपक्षी दललाई पनि बोल्न दिनुभएन। त्यसको पछाडि सत्तापक्षको बहुमतको दम्भ छ। सत्तापक्षको निरंकुशताको मनोवृत्ति छ। लोकतन्त्र र मूल्य र मान्यता विपरीत नजान चेतवानी दिएका छौं,' उनले भने।

उनले विश्वासको मत लिने समय हुँदाहुँदै प्रतिपक्षी सरकारले बल मिच्याई र तानाशाही प्रवृत्ति देखाएको उनको आरोप छ।

-अन्‍नपूर्ण

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved