समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

ग्यालेक्सी एम१५ फाइभजी लन्च गर्ने औपचारिक घोषणा

News Image

सामसङ नेपालले धेरै सेग्मेन्टकै अग्रणी सुविधाहरूसहित ग्यालेक्सी एम१५ फाइभजी लन्च गर्ने औपचारिक घोषणा गरेको छ। 

अत्यधिक लोकप्रिय ग्यालेक्सी एम सिरिजमा नवीनतम विशेषताहरु थप गरेर प्रयोगकर्ताहरूलाई सुपर AMOLED FHD+ डिस्प्ले, मोन्स्टर ब्याट्री र शक्तिशाली प्रोसेसरहरू समावेश गरिएको छ। 

यो डिभाइसमा प्रतिष्ठित ग्यालेक्सी सिग्नेचर डिजाइन भएकाले भव्यता र परिष्कृततालाई जोड दिएको कम्पनीले जनाएको छ। यो ब्लू टोपाज र स्टोन ग्रे गरी दुई आकर्षक रंगमा उपलब्ध हुनेछ। यो MediaTek Dimensity 6100 + द्वारा सञ्चालित छ।  जसले निर्देशित कार्यहरू सजिलैसँग ह्यान्डल गर्न सक्छ। ग्यालेक्सी एम१५ फाइभजी सेग्मेन्टकै सर्वश्रेष्ठ 6000 mAh ब्याट्री भएकाले स्मार्टफोनलाई दुई दिनसम्म पावर गर्न सक्छ। 

सामसङले पनि उपभोक्ताहरूका लागि एक वास्तविक २५W सामसङ एडेप्टर निःशुल्क उपलब्ध गराउँदै आएको छ। ग्यालेक्सी एम१५ फाइभजी ले सेगमेन्टकै सर्वश्रेष्ठ 6.5” सुपर AMOLED डिस्प्ले प्रदान गर्दछ, जसले सामाजिक सञ्जाल फिडहरू मार्फत बाहिरी सेटिङहरूमा पनि स्क्रोलिङ गर्छ, टेक्नोलोजी जान्ने Gen Z र मिलेनियल ग्राहकहरूका लागि यो पर्फेक्ट छ। सफा र स्पष्ट तस्बिरहरूका लागि यो डिभाइसमा 50MP ट्रिपल क्यामेरा र 13MP फ्रन्ट क्यामेरा छ। 

यसले भ्वाइस फोकस जस्ता आविष्कारहरूका साथ उपभोक्ता अनुभवलाई पुनः परिभाषित गर्दछ, जसले कल गर्दा वरिपरिको आवाज घटाउँछ। यो डिभाइस उत्कृष्ट, डिफेन्स ग्रेड Knox सेक्युरिटीको साथ पनि आउँछ। जसले तपाईंको स्मार्टफोनमा गोपनीयता र सुरक्षाको कुरा गर्दा तपाईंलाई चिन्तामुक्त बनाउँछ। यी डिभाइसहरूमा सामसङको सबैभन्दा नवीन सुरक्षा सुविधाहरू मध्ये एक Samsung Knox Vault पनि समावेश छ। हार्डवेयरमा आधारित सुरक्षा प्रणालीले प्रणालीको मुख्य प्रोसेसर र मेमोरीबाट भौतिक रूपमा अलग्गै सुरक्षित execution environment बनाएर हार्डवेयर र सफ्टवेयर आक्रमणहरू विरुद्ध राम्रो सुरक्षा प्रदान गर्दछ।

यसका साथै यसमा क्वीक शेयर सुविधाले प्रयोगकर्ताहरूलाई तुरुन्तै फाइलहरू, फोटोहरू र कागजातहरू टाढा भए पनि तपाईंको ल्यापटप र ट्याब लगायतका कुनै पनि अन्य उपकरणसँग शेयर गर्न सक्षम गर्दछ। ग्यालेक्सी एम१५ फाइभजी मार्फत सामसङले फोर जेनेरेशन ओएस अपग्रेडहरू र पाँच वर्षको सुरक्षा अपडेटहरू उपलब्ध गराएर ग्राहकको सन्तुष्टि प्रतिको आफ्नो प्रतिबद्धतालाई फेरि पूरा गर्दैछ। जसले प्रयोगकर्ताहरूलाई आगामी वर्षहरूमा नवीनतम सुविधाहरू र परिष्कृत सुरक्षाको आनन्द लिन सक्ने सुनिश्चित गर्दैछ।

ग्यालेक्सी एम१५ फाइभजी स्टोरेज भेरिएन्ट 6GB +128GB को लागि २५ हजार ९९९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ। साथै, देशभरका २००० भन्दा बढी अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवा लिएर तपाईंले आफ्नो नागरिकता मात्र देखाएर शून्य प्रतिशत ब्याजदरमा ईएमआईमा सजिलैसँग यो नयाँ फोन प्राप्त गर्न सक्ने छन्। 

-अन्‍नपूर्ण

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved