समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

ललिता निवास प्रकरणको छानबिनका लागि सहयोग गर्न तयार छु : भट्टराई

News Image

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले ललिता निवास प्रकरणको छानबिनका लागि सहयोग गर्न तयार रहेको बताउनुभएको छ । उहाँले नेपालमा देखिएका सबै प्रकारका भ्रष्टाचारको छानबिन गरी टुङ्गोमा पुर्याउनका लागि उच्च स्तरीय निष्पक्ष आयोग गठन गरी भ्रष्टाचारका सबै फाइलहरु खोल्नुपर्ने धारणा राख्नुभयो ।

‘‘म बाट उच्चस्तरीय छानबिनको ढोका खुल्ने भए म तयार छु, अनियमितता निष्पक्ष छानबिन हुनैपर्छ, तर सरकार डराउनुभएन ।,’’ उहाँले भन्नुभयो, ‘‘मेरो पालामा थोरै एउटा सानो निर्णय भएको रहेछ, त्यो मेरो व्यक्तिगत कुरा थिएन, बयान दिन म तयार छु ।’’

भ्रष्टाचार निर्मुल पार्नका लागि व्यक्ति व्यक्तिलाई मात्रै कारबाही गरेर नहुने बताउनुहुँदै उहाँले संरचनागत ढङ्गलेनै जानुपर्ने भनाइ व्यक्त गर्नुभयो ।

शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै भट्टराईले भन्नुभयो, ‘‘उहाँहरु छानबिनमा नडराउनु भए हुन्थ्यो, म त भ्रष्टारका सबै फाइल खोल्नु पर्छ भन्ने पक्षमै छु, छानबिन गर्ने निकायले आवश्यक परे राष्ट्रपति, प्रधानमन्त्रीको पनि छानबिन गर्ने हैसियत भने राख्नुपर्छ ।’’

उहाँले आफुले राज्यको कुनै पनि नोक्सानी नगरेको र लाभका कुरा जीवनभर नगरेको उहाँको दाबी छ ।

आफू शक्तिमा हुँदा विपक्षीलाई तर्साउन सरकारले विषयहरु उछाल्ने तर, आफ्ना कुराहरु लुकाउने गर्न नहुने उल्लेख गर्नुभयो । ‘‘ललिता निबास प्रकरण २०४८ देखि नै आएका हुन्, अहिले प्रकान्तरले छानविनका कुरा आएका हुन् । उहाँहरु निल्नु न ओकल्नुमा हुनुहुन्छ ।’’

संसदमा नेकपा (एमाले)ले उच्च स्तरीय छानबिन समिति गठनको माग गर्नु अधिकारको कुरा भएको उहाँले उल्लेख गर्नुभयो ।

पार्टीको प्रदेश स्तरीय प्रशिक्षण अभियान लिएर अध्यक्ष भट्टराईबुटवल आउनुभएको हो । नयाँ राजनैतिक दलहरुप्रति इङ्गित गर्दै डा. भट्टराईले स्पष्ट विचार विना वैकल्पिक शक्ति नबन्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘ती शक्तिहरुबाट क्षणिक लाभ होला दीर्घकालीन जाँदैन ।’’

अब २१ औं शताब्दीको विकसित प्रकारको समाजवाद बिचारसहितको वैकल्पिक शक्ति आवश्यक रहेको र आफू सोहि दिशामा अघि बढेको उल्लेख गर्नुभयो ।

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved