समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

सेयर बजारमा सामान्य अंकको सुधार, कारोबार रकम ३ अर्बमा झर्‍यो

News Image

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो दिन आइतबार २२ अंकले घटेको नेप्से ३.९३ अंकले बढेर २११३.२७ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स ०.९८ प्रतिशतले घट्यो।

नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ। यसदिन ३१७ स्क्रिप्सको ९३ लाख ३० हजार २९५ कित्ता सेयर ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार १४३ रुपैयाँमा खरिदबिक्री भए। आइतबार  ४ अर्ब  ४४ करोड मूल्य बराबरमा सेयर  कारोबार भएको थियो।

आज दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। मुक्तिनाथ कृषि र नेपाल वेयरहाउजिङको सेयर १० प्रतिशतले बढेको हो। कालिञ्चोक दर्शनको सेयर ९.७९ प्रतिशतले बढ्दा पोखरा फाइनान्सको ८.४० र ग्लोबल आइएमई ब्यालेन्स फण्डको ८.१३ प्रतिशतले मूल्य बढ्यो।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको २० करोड माथिको सेयर कारोबार भयो। कारोबारमा आएका १४९ स्टकको मूल्य बढ्दा ९० वटा को घट्यो भने ८ वटाको मूल्य भने स्थिर रह्यो।

तीनवटा समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका छन्। बैं‌किङ,होटल्स एन्ड टुरिजम र नन लाइफ इन्स्योरेन्स समूहको उपसूचकको नकारात्मक देखिएका हुन्।

-अन्‍नपूर्ण 

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved