समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

टी-२० विश्वकप : क्यानडामाथि अमेरिकाको सानदार जित

News Image

घरेलु टोली अमेरिकाले आईसीसी टी -२० विश्वकपमा विजयी सुरूवात गरेको छ। आइतबार बिहान सम्पन्न पहिलो खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो।  

टेक्सासको डलासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा भएको खेलमा क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेटको क्षतिमा १९७ रन जोड्न सफल भयो।

अमेरिकाका आरोन जोन्सले अविजित हुँदै सर्वाधिक ९४ रन जोड्न सफल भए।  उनले ४ चौका र १० छक्का प्रहार  गरे। एन्ड्रिज गौसले ४६ बलमा ७ चौका र  ३ छक्कासहित ६५ रन बनाए।

क्यानडाका लिवालले सर्वाधिक ६१ रन बनाए। उनले ६ चौका र ३ छक्का प्रहार गरे। जोन्सन २३ रनमा आउट भए। निकोलस किर्तनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ रन जोडे। दिलप्रीत सिंह ११ र पर्गट सिंह ५ रनमा आउट भए। श्रेयस मोब्बा ३२ र डिलन हेलिगर १ रनमा अविजित रहे। 

ग्राण्ड प्रियरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो। विश्वकपको दोस्रो खेलअन्तर्गत आजै वेस्ट इन्डिज र पपुवा न्यु गिनीबीच प्रतिस्पर्धा हुँदैछ ।

 टी–२० विश्वकप आजबाट सुरू भएको हो। खेल एक महिनासम्म चल्नेछ।

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved