समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

न्यूरोडको विवादमा कांग्रेसले संघीय सरकारलाई भन्यो : बालेनलाई काम गर्न किन नदिने ?

News Image

नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई काम गर्न दिन आग्रह गरेको छ। प्रतिनिधि सभाको बैठकमा  सांसद कान्तिका सेजुवालले बालेनलाई काम गर्न दिन सभामुखमार्फत रुलिङको माग गरेकी हुन्।

काठमाडौं महानगर र संघीय सरकारबीच न्यूरोडमा विवाद देखिएको भन्दै उनले न्यूरोडदेखि लिएर बसन्तपुर, इन्द्रचोक,ठमेलमा किन गाडि गुड्ने शहर चाहियो भन्दै प्रश्न गरिन्।

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ कि त हामी खारेज गरौं, हैन भने बालेनलाई काम गर्न किन नदिने ?’ सेजुवालले भनिन्,‘त्यो न्यूरोडदेखि लिएर बसन्तपुर, इन्द्रचोक,ठमेलमा किन गाडि गुड्ने शहर चाहियो, किन रोड चाहियो ? फराकिलो गर्नलाई, फुटपाथका व्यापारी, श्रमजीवीलाई काम गर्न नदिने ? मजदूर हिँड्न नदिने ? बालेनको जुन उद्देश्य र भिजनलाई, कामलाई हामी समर्थन गर्छौ। म समर्थन गर्छु।’

उनले संघीय सरकारको पैसा बढी भए कर्णालीमा सडक बनाउन लगाउन आग्रह गरिन्। काठमाडौं महानगरसँग स्रोत साधन भएकाले काम गर्न दिनुपर्ने धारणा राखिन्। 

-अन्‍नपूर्ण 

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved