समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

विद्यालय शिक्षा विधेयकलाई प्राथमिकता दिन शिक्षामन्त्री श्रेष्ठको आग्रह

News Image

 शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयकलाई प्राथमिकता दिन प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई आग्रह गरेकी छिन् । समितिका सभापतिलाई पत्राचार गर्दै विद्यालय शिक्षा विधेयकलाई पहिलो प्राथमिकता दिई छलफल अगाडि बढाइदिन उनले अनुरोध गरेकी हुन् । विधेयक समितिमा विचराधिन छ । उक्त विधेयकले विद्यालय शिक्षा, पाठ्यक्रम, परीक्षासहित मुलुकको शिक्षा प्रणालीलाई अझ व्यवस्थित, प्रभावकारी, गुणस्तरीय बनाउने विषयसँग सम्बन्धित रहेको प्राथमिकता कायम गर्नुपर्ने शिक्षामन्त्री श्रेष्ठले औंल्याएकी छन् ।

अभिभावक, शिक्षक, कर्मचारी विद्यार्थी तथा स्थानीय तहसहित धेरै सरोकारवालासँग विधेयक सम्बन्धित रहेकाले चाँडो टुंगो लगाइदिनु हुन अनुरोध गरिएको छ । गत भदौ २७ गते उक्त विधेयक प्रतिनिधिसभामा दर्ता भएको थियो । संविधानले व्यवस्था गरेको अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयन, निजी विद्यालयको गुठीकरण गर्दै गैरनाफामूलक बनाउने प्रावधान, माध्यमिक तहसम्म स्थानीय तहको एकल अधिकार र शिक्षक व्यवस्थापनका पेचिला मुद्दा छन् ।

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved