समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

अनुहार चम्काउने १० घरेलु तरिका

News Image

अनुहार चम्काउन सौन्दर्य प्रशाधनमा मानिसहरु हजारौं खर्च गर्छन्। व्युटी पार्लर धाउँछन्।  तर कतिपय यस्ता सामाग्रीले कुरुप बनाएका थुप्रै उदाहरण पनि छन्। मापदण्ड भन्दा बढी केमिकल राखिएका सामाग्रीले रोगको शिकार पनि बनाएका छन्। तर साइडइफेक्ट नहुने र घरमै सहजै पाइने तरिका प्रति भने सौन्दर्यका पारखीहरुको ध्यान गएको पाइदैन। केही यस्ता घरेलु तरिका छन् जसले अनुहार चम्काउन मद्धत गर्छ।

अनुहार चम्काउन सौन्दर्य प्रशाधनमा मानिसहरु हजारौं खर्च गर्छन्। व्युटी पार्लर धाउँछन्।  तर कतिपय यस्ता सामाग्रीले कुरुप बनाएका थुप्रै उदाहरण पनि छन्। मापदण्ड भन्दा बढी केमिकल राखिएका सामाग्रीले रोगको शिकार पनि बनाएका छन्। तर साइडइफेक्ट नहुने र घरमै सहजै पाइने तरिका प्रति भने सौन्दर्यका पारखीहरुको ध्यान गएको पाइदैन। केही यस्ता घरेलु तरिका छन् जसले अनुहार चम्काउन मद्धत गर्छ।

 

 

१) दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिलाउने। त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले लेदो बनाउने। सो लेदोमा काचो दूध घोलेर पातलो लेप बनाउने र अनुहारमा लगाउने। करीब २० मिनेटपछि अनुहार पखाल्ने। हप्तामा एकपटक यो तरिका अपनाउँदा अनुहारमा चमक आउँछ।

२) डार्कसर्कल हटाउन आँखाको वरिपरी काँचो आलुको टुक्राले हल्का मसाज गर्ने।

३) एक चम्चा मह हातमा लिएर अनुहारमा लगाउने। (यसमा ४/५ थोपा कागतीको रस मिलाउन सकिन्छ।) १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ।

४) अनुहारमा चाया पनि आएको छ भने काक्रोको रसले मसाज गर्दा चाया कम हुन्छ।

५) निमको पातलाई पिसेर लेदो बनाएर लगाउदा छालाको रोग प्रतिरोध क्षमता बढाउँछ। यसले डन्डिफोर हटाउन पनि मद्धत गर्छ।

६) पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपन हटाउँछ र छालालाई कसिलो बनाउँछ।

७) काँचो दूधले अनुहार मालिस गर्दा मरेको छाला हटाउँछ।

८) काक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ।

९) अनुहारमा घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ।

१०) सुन्तलाको बोक्रलाई घाममा सुकाएर पिसेको धुलोमा कागतीको रस मिसाएर लेप बनाउने।  यसलाई फेसवासको रुपमा प्रयोग गर्ने।

-swasthyakhabar

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved