समाचार

२९

शनिबार
06:09 PM

भाद्र, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
शनिबार, २९ भाद्र २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

गुल्मीमा निस्ती खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत फेला

News Image

११ साउन, गुल्मी । गुल्मीमा निस्ती खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत फेला परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–२ निवासी ३१ वर्षका बोमबहादुर कार्की मृत फेला परेका हुन् ।

उनी निस्ती खोला तर्ने क्रममा साउन ५ गते बेपत्ता भएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोज्ने क्रममा मुसिकोट नगरपालिकाको वडानम्बर–४ दोभानस्थित छल्दी खोला किनारमा कार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) शंकर पोखरेलले बताए ।

 

नी मुसिकोट नगरपालिका वडानम्बर–१ अरेवा घर भई हाल वडा नम्बर–२ निस्तीस्थित मामाघरमा बस्दै आएका थिए । ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र बाहक कार्की इस्मा गाउँपालिका–१ स्थित खेतबाट फर्किने क्रममा खोला तर्दा बगेका थिए ।

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved