समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

महाकाली नदीको जलसतह खतरा तह नजिक

News Image

महाकाली नदीको जलसतह बढेपछि शारदा ब्यारेजमा रहेको बनबासा पुलमा चारपाङ्ग्रे सवारी आवतजावत बन्द गरिएको छ । पुल जीर्ण भइसकेका कारणले महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेकभन्दा माथि नाघेपछि चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा बन्देज लगाउने गरिन्छ ।

सोमबार बिहान ५ बजेदेखि महाकाली नदीको जलसतह उठ्न सुरु भएको हो । अहिले महाकाली नदीमा पानीको बहाव एक लाख ८३ हजार ९५० क्युसेक पुगेको छ भने जलसतह बढ्ने क्रममै छ ।

जल तथा मौसमविज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले डडेल्धुराको परिगाउँस्थित महाकाली नदीमा राखेको जल मापन प्रणालीका अनुसार नदीमा पानीको मात्रा खतराको तह नजिक पुगेको जनाएको छ ।

विभागको बाढी अनुगमन प्रणालीका अनुसार अहिले डडेल्धुराको परिगाउँमा पानीको बहाव ६.८४ मिटर मापन गरिएको छ । सो ठाउँमा जलस्तर ७ मिटर पुगेमा खतराको तह मानिन्छ भने ५.८ मिटरमै सतर्कताको तह मानिन्छ ।

अहिले महाकाली नदीको तटीय क्षेत्रमा वर्षा भइरहेको छ । दार्चुलामा पछिल्लो २४ घण्टामा ५२.८, बैतडीमा ५० र डडेल्धुराको जोगबुडामा ९३.६ मिलिलिटर वर्षा भएको विभागको प्रणालीले देखाएको छ ।

- गोरखापत्र 

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved