समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

नेप्से परिसूचक ३१ दशमलव ८० अङ्कले घट्यो

News Image

काठमाडौं, साउन ३० गते । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१ दशमलव ८० अङ्कले घटेर दुई हजार ४५ दशमलव ४४ अङ्कमा झरेको छ ।

आज विभिन्न कम्पनीका दुई सय ७८ कम्पनीको ५६ लाख तीन हजार एक सय ७९ कित्ता शेयर ६१ हजार तीन सय ४१ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब १५ करोड ७३ लाख १२ हजार तीन सय ६९ बराबरको कारोबार भएको छ ।

आजको कारोबारपछि म्युचुअल फन्ड समूहको उपसूचक चार दशमलव २८ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह दुई सय ४२ दशमलव ७० र जीवन बिमा समूह दुई सय चार दशमलव २८ अङ्कले घटेको छ ।

बैङ्किङ ११ दशमलव ९७, विकास बैङ्क ७३ दशमलव १८, वित्त ३९ दशमलव ८४, होटल तथा पर्यटन एक सय २३ दशमलव ६९ र जलविद्युत ५१ दशमलव ३३ अङ्कले घटेको छ । लगानी समूह शून्य दशमलव ८१, लघुवित्त ४० दशमलव १६, निर्जीवन बिमा एक सय ८४ दशमलव २१, व्यापार १४ दशमलव ४१ र अन्य समूहको उपसूचक १३ दशमलव ८९ अङ्कले घटेको छ ।

आजको कारोबारपछि इमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै पाँच दशमलव १८ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा हिमालयन डिस्टिलरी लिमिटेडको शेयर मूल्य सात दशमलव ६९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको रु २० करोड ५५ लाख ९४ हजार ३२ बराबरको शेयर किनबेच भएको छ । किनबेच भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै शिवम् सिमेन्टको तीन लाख २५ हजार दुई सय ३५ कित्ता किनबेच भएको छ । 

-रासस

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved