समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

धरानको आन्दोलन ट्रेलर मात्रै हो, यो आन्दोलन देशभरी चर्किन्छ : ज्ञानेन्द्र शाही

News Image

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशव्यापी आन्दोलनको चेतावनी दिएका छन् ।

राप्रपाको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग उनले नेपालको सिमानभित्र गाई, गोरु मार्नेलाई तीन वर्षको जेल सजायको स्पष्ट कानून रहेको भन्दै अपराधीलाई सजाय नभए धरानमा सुरु भएको आन्दोलन सिंहदरवारसम्म आइपुग्ने चेतावनी दिए

उनले भने, ‘नेपालको कानूनमा स्पष्ट पशुपन्छी सम्बन्धी कसूरमा के राखेको छ भने कुनै व्यक्तिले गाई वा गोरु मारे भने नेपालको सिमानभित्र मारे भने तीन वर्षको जेल सजाय भनेर कानून स्पष्ट छ । त्यस कारण यो कानून अन्तरगत बसेर गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छौ की त्यो अपराधीलाई कारबाही गरियोस् । यदि उक्त कार्य भएन भने यो आन्दोलन धरानमा ट्रेलर मात्रै हो, यो आन्दोलन देशभरि हुन्छ । र तपाईँले थामेर थाम्न सक्नु हुन्न सिंहदरवारभित्र पनि आन्दोलन हुन्छ । ’

उनले कानूनको पालना गराउने काम सरकारको भएको भन्दै नेपालको कानूनमा उल्लेख भएको कुरा लागू नगर्ने, दुई चार जनाले पैसा दियो भन्दैमा गृहमन्त्री चुप लागेर बस्न नमिल्ने टिप्पणी गरे ।

उनले भने, ‘अहिले पनि हामी गृहमन्त्रीलाई के अनुरोध गर्न चाहन्छौ भने नेपालको संविधान र नेपालको कानून सरकारले मान्न पर्छ । कानूनको पालना गर्नुपर्ने काम सरकारको हो, नेपालको कानूनमा त्यो कुरा उल्लेख भएको छैन भने अर्को कुरा हो नेपालको कानूनमा उल्लेख भएको कुरा पनि लागू नगर्ने, दुई चार जनाले पैसा दियो भन्दैमा गृहमन्त्री चुप लागेर बस्न पाइन्छ । ’

शाहीले आमाबुबा मारेपछि घरमा चुप लागेर बस्ने कायर राप्रपा नभएको उल्लेख गर्दै धरानको अपराधमा जनजाति जस्तो देखिने देशका धर्म बेचेका केही अराजकवादी युरोपियन युनियनका डलरवादीहरूको संलग्नता भएको बताए ।

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved