समाचार

२९

बुधबार
06:09 PM

श्रावण, २०८२

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २९ श्रावण २०८२
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

अर्घाखाँचीमा रोपाइँ जात्रा

News Image

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ४  बांगलामा रोपाइँ जात्रा मनाइएको छ ।

भगवान् श्रीकृष्णको सम्झनामा मनाइने रोपाइँ जात्रामा धान रोपे झैँ गरी पञ्चेबाजाको तालमा छमछमी नाच्ने गरिन्छ ।

रोपाइँ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजागाजाका साथ असारे गीत गाउँदै, नाच्दै रमाइलो गर्ने गर्छन् ।

द्वापर युगमा भगवान् श्रीकृष्णको जन्म भएको खुसीयालीमा यो पर्व मनाउन थालिएको किंवदन्ती भए पनि यस स्थानमा गाईजात्राको अर्को दिन मनाइने स्थानीय रामजी भट्टराईले बताउनुभयो ।

अघिअघि भगवान् श्रीकृष्ण र राधाको क्यारिकेचर  त्यसपछि पञ्चेबाजाको तालमा असारे बाली गीत गाउँदै रोपाइँ गरेको अभिनय गर्दै नाच्ने गरिन्छ । 

अर्घाखाँचीका अन्य ठाउँमा भने कृष्ण जन्माष्टमीको अर्को दिन रोपाइँ जात्रा मनाउने गरिन्छ ।

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved