समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

बालेनको अभिव्यक्तिले सुरक्षा युनिटलाई ‘हतोत्साही बनायो’

News Image

 काठमाडौंका मेयर बालेन साहले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएपछि सामाजिक सन्जाल प्रयोगकर्ताहरुले उनको चर्को आलोचना गरिरहेका छन् । कतिपयले उनलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् भने कतिपयले उनी दम्भी भनेर आलोचना गरिरहेका छन् ।

मेयर साहले गएराति सामाजिक सन्जाल फेसबुकमा सरकारलाई ‘चोर’ भन्दै सिंहदरबारमा ‘आगो लगाइदिन्छु’ भनेर धम्कीयुक्त स्टाटस पोष्ट गरेका थिए । उनले लेखेका छन्, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ बालेनको यो पोष्टमा ३ लाख बढी लाइक, ९९ हजार कमेन्ट र ३८ हजार सेयर भएको देखिन्छ ।

 

लगत्तै उनको स्टाटसको स्क्रिनसट भाइरल भएको थियो । केहीले दम्भ देखिएको भनेर आलोचना गरेका छन् भने केहीले आक्रोशपूर्ण अभिव्यक्ति दिनुको कारणबारे जिज्ञासा राखेका छन् । तर यसको कारणबारे बालेन आफैंले केही बताएका छैनन् ।

सुलभ कार्कीले ट्वीटरमा मेयर बालेनको अभिव्यक्तिको विरोध गर्दै लोकतान्त्रिक समाजमा हिंसा स्वीकार गर्न नसकिने बताएका छन् । उनले लेखेका छन्, ‘यो अस्वीकार्य भनाइ हो । मेयर बालेन र्‍यापर मात्र नभइ नेपालको शक्तिशाली मेयर हुन् । उनले केही लेख्नुअघि सोच्नुपर्छ । साथै कुनै पनि प्रकारको हिंसालाई लोकतान्त्रिक समाजमा स्वीकार गर्न सकिँदैन ।’

यसअघि काठमाडौं महानगरको मेयरकी उम्मेदवारसमेत बनेकी नेतृ रञ्जु दर्शनाले मेयर साहको आक्रोशको कारणबारे फेसबुकमा जिज्ञासा राखेकी छन् । उनले लेखेकी छन्, ‘…देशमा जलाउनेहरु धेरै पटक आए र गए पनि । तिनीहरुको त बरु जिनतिन मुद्दा थियो । यो आक्रोशको पछाडि तपाईंको मुद्दा के हो ?’

यसैगरी पूर्वमन्त्री लोकेन्द्र विष्टमगरले पनि बालेनलाई प्रश्न गर्दै फेसबुकमा लेखेका छन्, ‘मेयर साप ! शनिबार सवार सरकारी गाडी ट्राफिकले रोक्दा सिंहदरबारमा आगो र सरकार चोर किन र कसरी ?’

मेयर बालेन साहकी पत्नी सवार सरकारी नम्बर प्लेटको गाडीलाई कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेर छाडेलगत्तै मेयर साहको आक्रोशपूर्ण अभिव्यक्ति सार्वजनिक भएको थियो ।

कोटेश्वरको चेकिङमा परेको थियो बालेन पत्नि सवार गाडी

शनिबार राति करिब ८ः५० बजेतिर सरकारी नम्बर प्लेटको गाडी ललितपुरको बालकुमारीतर्फबाट कोटेश्वर चोकतिर आएको देखेपछि चेकिङ गर्ने ड्युटीमा रहेका ट्राफिक प्रहरीले सो गाडीलाई रोकेर सोधपुछ गरेका थिए । त्यसपछि मेयरको गाडी हो, गाडीमा मेडम हुनुहुन्छ भनेपछि ट्राफिक प्रहरीले छाडिदिएका थिए । त्यसपछि गाडी गैरिगाउँतर्फ गएको थियो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले अनलाइनखबरसँग भने, ‘नियमित चेकिङमा सरकारी गाडी आयो । कुन अफिसको हो ? बिदाको दिन कहाँबाट आउनुभयो भनेर ट्राफिकले सोध्यो । चालकले मेयर सापको हो, मेडम हुनुहुन्छ भनेपछि ल ठिक छ, पास बोकेर हिँड्नुस् है भनेर पठाइदिएको हो ।’ त्यसक्रममा डेढ-दुई मिनेट गाडी रोकिएको भट्टले बताए । त्यसलगत्तै ९ बजेर २१ मिनेटमा मेयर साहको आक्रोशपूर्ण अभिव्यक्ति फेसबुकमा सार्वजनिक भएको थियो ।

मेयर साहले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई टेलिफोन गरी गाडी रोकिदिएको भन्दै आक्रोश पोखेका थिए । मेयर साहले ‘महानगरको गाडी चौबीसै घण्टा ड्युटीमा हुन्छ । किन रोकेको ?’ भन्दै आक्रोश पोखेको स्रोतले बतायो ।

प्रजिअ बस्नेतले भने यसबारे के भएको रहेछ म बुझ्छु भन्दै फोन राखेका थिए । प्रजिअ बस्नेतले ट्राफिक प्रहरी प्रमुख पोषराज पोखरेलसँग घटनाबारे बुझेका थिए । साथै प्रहरी युनिटले गृह मन्त्रीको सचिवालयमा समेत घटनाबारे जानकारी गराएको थियो ।

प्रजिअ बस्नेतले शान्ति सुव्यवस्था कायम राख्न चेकजाँच गर्ने, सोधपुछ गर्ने सामान्य प्रक्रिया भएको बताए । त्यही गर्दा मेयर बालेन साहको धम्कीपूर्ण अभिव्यक्तिले सुरक्षाकर्मीलाई हतोत्साही बनाएको उनले बताए । ‘शान्ति, अमन चयन कायम राख्नका लागि नियमित रुपमा भइराख्ने कामको सन्दर्भमा उहाँको पनि भूमिका हुन्छ,’ प्रजिअ बस्नेतले भने, ‘तर यो अभिव्यक्तिले शान्ति सुरक्षा कायम राख्ने सवालमा सुरक्षा युनिटलाई हतोत्साही बनाएको छ ।’

 

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved