काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह श्रीलंका जाने भएका छन् । गत बुधबारबाट सुरु भएको एसिया कपमा नेपाल र भारतबीचको म्याच हेर्न मेयर शाह आज दिउँसो श्रीलंका जान लागेका हुन् ।
उनी हिमालयन एयरलाइन्सको उडानमार्फत दिउँसो श्रीलंका जाने बताइएको छ । नेपालले आफ्नो अन्तिम खेलमा भोलि भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली खेलाडिको हौसला बढाउन भन्दै रास्वपाका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि आजै श्रीलंका प्रस्थान गरेका थिए ।
नेपालले पहिलो खेलमा पाकिस्तानसँग नमिठो हार व्यहोरेको थियो । भोलि भारतलाई हराउन सके नेपाल अर्को चरणमा प्रवेश गर्नेछ, भने पराजित भएमा यो सिजनको एसिया कपमा नेपालको यात्रा टुंगिनेछ ।