समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

हावाहुरीले मकैबालीमा दश करोडभन्दा बढीको क्षति

News Image

गत आइतबार आएको हावाहुरीसहितको पानीले रुकुम पश्चिमका विभिन्न स्थानमा लगाइएको मकैबालीमा दश करोडभन्दा बढी क्षति भएको छ । कृषि विकास कार्यालयले तीन दिन लगाएर सङ्कलन गरेको क्षतिको विवरण अनुसार जिल्लाभर १० करोड २९ लाख ३९ हजार ३७५ रुपियाँ बराबरको क्षति भएको जनाएको छ । 

मकै पाकेर भित्र्याउने बेलामा भएको विपद्को कारण जिल्लामा ठुलो क्षति भएको कृषि विकास कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख मीनबहादुर केसीले जनाउनुभयो । उहाँका अनुसार कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको निर्देशन अनुसार तीन दिन लगाएर क्षतिको विवरण सङ्कलन गरिएको हो । सोमबार, मङ्गलवार र बुधवार जिल्लाका छ वटै स्थानीय तहमा प्राविधिक र कर्मचारीहरू खटाएर क्षतिको विवरण सङ्कलन गरिएको हो । 

जिल्लाभर कुल तीन हजार ३२५ हेक्टर क्षेत्रफल जग्गामा मकैखेती गरिएकोमा ५२ प्रतिशत जग्गामा रहेको मकैबाली नष्ट भएको छ । सङ्कलित विवरण अनुसार जिल्लामा सबैभन्दा बढी क्षति आठविसकोट नगरपालिका क्षेत्रमा लगाइएको मकैबालीमा भएको छ । उक्त क्षेत्रमा एक हजार २२२ हेक्टर जमिनमा मकै खेती गरिएकोमा ४८.९ प्रतिशत अर्थात् एक हजार ४९३.८९ टन मकैमा क्षति पुगेको छ । यसबाट आठविसकोटमा मात्रै तीन करोड ७३ लाख ४७ हजार ३७५ रुपियाँको क्षति भएको छ । त्यसै गरी चौरजहारी नगरपालिका क्षेत्रमा लगाइएको ५९० हेक्टर जग्गामा ५५.४ प्रतिशत क्षति भएको छ । यसबाट ८१७.१५ टन मकै तथा दुई करोड चार लाख २८ हजार ७५० रुपियाँ क्षति भएको छ । 

जिल्लाको त्रिवेणी गाउँपालिकामा पनि एक करोड ७२ लाख ६७ हजार ९०६ रुपियाँ २५ पैसाको क्षति भएको छ । यहाँ ५६३.८५ हेक्टर क्षेत्रफलमा मकै लगाइएको थियो भने ४९ प्रतिशत क्षति भएको छ । त्रिवेणीमा मात्रै ६९०.७६ टन मकैमा क्षति भएको बताइएको छ । 

कृषि विकास कार्यालयका अनुसार मुसिकोट नगरपालिकामा ५३५ हेक्टर क्षेत्रफल जग्गामा मकै लगाइएको थियो भने ४९.१ प्रतिशत अर्थात् ६५६.७१ टन मकै क्षति भएको छ । यहाँ एक करोड ६४ लाख १७ हजार ८१२ रुपियाँ बराबरको क्षति भएको बताइन्छ । त्यसै गरी बाँफिकोट गाउँपालिकामा ६४ लाख १२ हजार पाँच सय रुपियाँको क्षति भएको छ । यहाँ ३११ हेक्टर जमिनमा मकै लगाइएको थियो भने ३३ प्रतिशत अर्थात् २५६.५ टन मकैमा क्षति भएको छ । कार्यालयका अनुसार सानी भेरी गाउँपालिकामा लगाइएकाे १०३.५ हेक्टर जमिनमध्ये ७८.३ प्रतिशत अर्थात् २०२.६ टन मकैमा क्षति पुगेको छ । यहाँ ५० लाख ६५ हजार ३१ रुपियाँको क्षति भएको विवरण सङ्कलन भएको छ । 

निमित्त कार्यालय प्रमुख मीनबहादुर केसीका अनुसार मकै बालीमा भएको क्षतिले खाद्य सङ्कट आउन सक्ने देखिन्छ । गत वर्ष मात्र जिल्लामा उत्पादन भएको मकै मध्य २१५ टन बचत हुन्थ्यो भने यस वर्ष जिल्लालाई एक हजार ६०५ टन मकै अपुग हुने देखिन्छ । प्रदेश मन्त्रालयबाट क्षतिको विवरण माग गरिएकोले किसानहरूलाई राहतको व्यवस्था हुनसक्ने आशा गरिएको उहाँको भनाई रहेको छ ।

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved