समाचार

शनिबार
06:09 PM

असार, २०८२

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
शनिबार, ७ असार २०८२
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

ढाकाकुमार श्रेष्ठसँग पैसा मागेको आरोप लागेका नेतामाथि छानबिन भइरहेको छ : सन्तोष परियार

News Image

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टीका पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठलाई मन्त्री बनाइदिने भनि पैसा माग गरेको आरोप लागेका पार्टीका नेतामाथि छानबिन भइरहेको बताएका छन् । 

 

बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले पूर्व सांसद डा. श्रेष्ठसँग पैसा मागेको आरोप लागेका पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन भइरहेको बताएका छन्। उनले आरोप प्रमाणित भए थापालाई पनि कारबाही गरिने बताए । उनले छानबिन प्रक्रियालाई पनि छिट्टै टुंग्याउने बताए ।

‘हामी त्यसको पनि छानबिन गरिरहेका छौँ । जसरी उहाँले गरेका कुरा प्रमाणित भएर उहाँलाई पार्टीले जसरी कारबाही गर्‍यो । त्यसैगरी उहाँले अहिले बोलेका कुराहरू सत्यतथ्य प्रमाणित भयो भने त्यहाँ पनि कारबाही हुन्छ । हामी छानबिन गर्दैछौँ त्यो टुंग्याउँछौँ । चाँडै नै हुन्छ,’ उनले भने ।

 

रास्वपाका पूर्व सांसद डा. ढाकाकुमार श्रेष्ठले मन्त्री बनाउन पार्टीलाई पैसा बुझाउनुपरेको भन्दै एक मेडिकल व्यवसायीसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएसँगै उनलाई पार्टीले सांसद पदबाट पदमुक्त गरेको थियो । डा. श्रेष्ठले पछिल्लो समय केही सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै आफूलाई मन्त्री बनाउने प्रलोभन दिँदै पार्टीको केन्द्रीय सदस्य मोहनजंग थापाले पैसा मागेको आरोप लगाएका थिए ।

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved