समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

चिकित्सक कुट्नेलाई कारबाही गर्न संघको ७२ घण्टे अल्टिमेटम

News Image

काठमाडौँ — नेपाल चिकित्सक संघले हेटौंडामा बिरामीको उपचार गरिरहेको अवस्थामा दुई चिकित्सकमाथि भएको आक्रमणमा संलग्न सबैलाई तत्काल कारबाही गर्न माग गरेको छ । आफूहरूमाथि आक्रमण उत्रनेविरुद्ध स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन–२०७९ बमोजिम ७२ घण्टाभित्र  कारबाही नभए आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने पनि चिकित्सक संघले चेतावनी दिएको छ ।

 

 चिकित्सक संघले बिहीबार पत्रकार सम्मेलन गर्दै सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको हो । चिकित्सक संघका महासचिव डा.सञ्जीव तिवारीले ज्यानै मार्ने किसिमको घटना अस्पतालको सीसीटीभीमा कैद भइ सामाजिक सञ्जालभर सार्वजनिक भइरहँदा पनि सुरक्षा निकायले यो विषयलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाए ।

पछिल्ला दुई दिनमा चिकित्सकमाथि हातपात तोडफोडसम्बन्धी तीन वटा घटना भइसकेको जनाउँदै चिकित्सक सघका अध्यक्ष डा.अनिलविक्रम कार्कीले भने, ‘४ जना समातिएको भनिरहेका छन् तर हामी उनीहरूलाई कुन ऐनअन्तर्गत कारबाही गर्न खोज्दै छ भन्ने कुरा हेरिरहेका छौं ।’

डा.कार्कीले चिकित्सकमाथि आक्रमण, स्वास्थ्य संस्था तोडफोडलगायतका घटनामा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन–२०७९ बमोजिम नगरिए ७२ घण्टापछि देशव्यापी विरोध सुरु हुने बताए ।

चिकित्सक संघका अनुसार बुधबार डा.विकास थापा र डा.प्र्रशान्त विडारीमाथि सन्चो अस्पताल हेटौंडामा बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको थियो ।

साउन २२ गते एक जना बिरामी डेंगीको लक्षण लिई उपचारका लागि सन्चो अस्पताल हेटौंडामा आएको र ती बिरामीलाई थप उपचारका लागि साउन २३ गते नै चितवनस्थित सुविधासम्पन्न अस्पताल प्रेषण गरिएको थियो ।

ती बिरामीको साउन २५ गते उपचारका क्रममा निधन भएको जनाउँदै चिकित्सक संघका महासचिव तिवारीले भने, ‘यसै घटनालाई लिएर सन्चो अस्पताल हेटौंडामा कार्यरत डा.थापा र डा. विडारीमाथि शारीरिक हमला गरी घाइते बनाइयो । यो घटनालाई लिएर पहिला पनि क्षतिपूर्तिका लागि भन्दै धम्की दिने गरेका थिए ।’

मुलुकभर ३३ हजार चिकित्सक रहेकामा नेपाल चिकित्सक संघमा १४ हजार सदस्य छन् ।

 

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved