समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

डाक्टर कुट्नेलाई कारबाही माग गर्दै प्रदर्शन

News Image

मकवानपुर — हेटौंडामा डाक्टर कुटपिट घटनामा संलग्नलाई कारबाहीको माग गर्दै युवाहरुले यहाँ शान्तिपूर्ण प्रदर्शन गरेका छन् । उनीहरूले हेटौंडाको बुद्धचोकमा उभिएर प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

गत साउन २५ मा डेंगीबाट चितवनमा मृत्यु भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरको लापर्बाहीका कारण बिरामीको मृत्यु भएको भन्दै डा. प्रशान्त बिडारी र डा. विकास थापालाई कुटपिट गरेका थिए । घटनामा संलग्नलाई कारबाही गर्नबाट स्थानीय प्रशासन र प्रहरीले ढिलाई गरेको भन्दै युवाहरू सडकमा उत्रिएका हुन् ।

प्रदर्शनमा सहभागी युवा विकेशलाल श्रेष्ठले अस्पतालजस्तो संवेदनशील र आकस्मिक सेवा प्रदान गर्ने स्थानमा डाक्टरमाथि कुटपिट हुनु असाध्यै दुःखद् भएका कारण मौन रूपमा प्रदर्शन गरिएको बताए ।

 

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved