समाचार

२९

बुधबार
06:09 PM

श्रावण, २०८२

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २९ श्रावण २०८२
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

श्रीलंकालाई १० विकेटले हराउँदै भारतले जित्यो एशिया कप

News Image

काठमाडौँ — मोहम्मद सिराजको उत्कृष्ट बलिङमा भारतले श्रीलंकालाई १० विकेट पराजित गर्दै एशिया कप क्रिकेटको उपाधि जितेको छ । कोलम्बोमा आइतबार भएको फाइनल खेलमा भारतीय बलर सिराजले ६ विकेट लिएपछि श्रीलंका ५० रनमा अल आउट भएको थियो ।

 

प्रतिउत्तर ब्याटिङ गरेको भारतले ५१ रनको लक्ष्य सातौं ओभरमा पूरा गर्दै एशिया कपको उपाधि आठौं पटक उचालेको हो । टास हारेर बलिङ गरेको खेलमा भारतीय खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । सिराजले ७ ओभर बलिङ गर्दै २१ रन खर्चेर ६ विकेट लिएका थिए । सिराजले एकै ओभरमा श्रीलंकाका ४ खेलाडीलाई आउट गरेका थिए ।

त्यसैगरी भारतका लागि हार्दिक पाण्डेयले ३ र जसप्रित बुम्राहले १ विकेट लिएका थिए ।

श्रीलंकाका आधा ब्याट्सम्यानहरुले खातै खोल्न सकेनन् । ४ खेलाडीले दोहोरो अंक पार गर्न सकेनन् । श्रीलंकाका लागि सबैभन्दा बढी कुशल म्यान्डिसले १७ रन बनाए ।

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved