समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

एमालेले कुनै न कुनै दिन सबै सुन तस्करीको छानबिन गर्छ : अध्यक्ष ओली

News Image

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय भएका सबै सुन तस्करीको छानबिन गराएरै छाड्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पार्टीको वागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष ‌ओलीले सरकारले सुन तस्करी छानबिन गर्न नचाहेको आरोप लगाएका हुन् । 

सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न सरकारलाई आफ्नो पार्टीले बाध्य पारे पनि सो आयोगमार्फत छानबिन गर्न भने नमानेको ओलीको जिकिर छ ।

सरकारले आयोगलाई सुन तस्करी छानबिन नभई तस्करी हुन नदिने गरी कानुन निर्माण गर्नका लागि सुझाव दिनुपर्ने जिद्दी गरिरहेको उनले बताए । अध्यक्ष ओलीले सरकार सुन तस्करहरुलाई भगाउनका लागि सो आयोग एक महिनापछि मात्रै बनाउन सहमत भएको समेत दाबी गरे । उनले आफ्नो पार्टीले पछिल्लो समय भएका सबै सुन तस्करीको कुनै पनि दिन छानबिन गराएरै छाडने चेतावनीसमेत दिए ।

'धेरै किलो सुनको तस्करी भएको छ । अरु धेरै कुराको तस्करी भएको छ । यो कुनै ख्यालठट्टा होइन, देशविरोधी, देशद्रोही काम गर्ने कुरा कुनै ख्यालठट्टा होइन । यो शताब्दीभरि कुनै पनि समयमा यसको छानबिन गराएरै छाडछौं । कुनै पनि समयमा भोलि होस्, पर्सि होस्, अर्को महिना होस् । अर्को पल्ट होस । जति ढिलो हुन्छ, त्यो गाह्रो पर्नेछ । म त्यो भन्न चाहन्छु,’ उनले भने ।

अध्यक्ष ओलीले भ्रष्टाचारका सबै फाइल खोल्न पनि सरकारलाई चुनौती दिनुभयो । भ्रष्टाचारका फाइल खोले पनि सत्तारुढ दलकै नेता जेल पर्ने उनको दाबी छ ।

 

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved