समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

साफ यू-१९ च्याम्पियनसिप : मालदिभ्सलाई ४-१ ले हराउँदै नेपाल सेमिफाइनलमा

News Image

समूह 'ए' को उपविजेता बन्दै नेपाल सेमिफाइनल प्रवेश गरेको हो । समूह 'ए' बाट भने विजेता बन्दै पाकिस्तान पनि सेमिफाइनल चरणमा प्रवेश गरेको छ । नेपालका लागि समिर तामाङले २ गोल गरे ।

त्यस्तै प्रशान्त लक्सम र निराजन धामीको नाउँमा एक-एक गोल रह्यो । नेपालका लागि १८औं मिनेटमा गोल गर्दै प्रशान्त लक्समले अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३०औं मिनेटमा समिर तामाङले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । खेलको ३५औं मिनेटमा दुवै टिम १० खेलाडी सीमित भएको थियो ।

नेपालका सुजन डंगोल र मालदिभ्सका कप्तान मोहम्म आयन हसन रेड कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । मालदिभ्सका लागि खेलको ५८औं मिनेटमा आदम रसिदले गोल फर्काएका थिए । त्यस्तै खेलको ८८औं मिनेटमा नेपालका लागि निराजन धामीले गोल गर्दै ३-१ को अग्रता बनाएका थिए । त्यस्तै खेलको इन्ज्युरी समयमा नेपालका लागि समिर तामाङले पुन: गोल गर्दै ४-१ को सहज जित दिलाए ।

नेपालले अब सेमिफाइनलमा समूह बीचको विजेतासँग खेल्नेछ । सोमबार साँझ ५:३० बजे हुने भारत र भुटानबीचको खेलको विजेतासँग नेपालले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

 

 

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved