समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

इजरायलबाट विद्यार्थीको गुहार : बिन्ती छ ! आज दिनभरमा उद्धार गरिदिनुस्

News Image

राति बस्दाखेरि मेरो श्वास पुग्दैन । मुटु फुट्न खोज्छ । मुख बन्द हुन्छ । श्वास नपुगेको अनुभव हुन्छ । कहिलेसम्म हामी यसरी बस्ने ? आज दिनभरिमा हामीलाई यहाँबाट उद्धार गरिदिनुस् ।

हजुरहरु (राज्य)ले मिटिङ गर्नुस् वा जे गर्नुस् । तर तीन दिन भयो । त्यो पनि त सोचिदिनुस् ।

भारतले एकजना टिकटक स्टारलाई प्लेन चार्टर गरेर भारत लाग्यो भनेर समाचारमा सुन्छौं । नेपाल सरकारले यत्रो विद्यार्थीलाई केही पनि गर्न सक्दैन हो ?

सेदोत नेगेभ,इजरायल — हामी अहिले दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभमा छौं । हामी सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायबाट आएका विद्यार्थीहरु हौं । हामी ५ जना छौं । हामी घरमा पीडा हुन्छ, तनाव हुन्छ भनेर आफ्नो पीडा नबताउने योजनामा थियौं । हामी घरभन्दा माथि उठेका छौं ।

अहिले हामीलाई देशले केही नगरेको अवस्थामा हामी आफ्नो कुरा भन्न बाध्य भयौं । हामी अहिले बंकरमा बसिरहेका छौं । यो बंकरमा बस्न थालेको तीन दिन भयो । आइतबार साँझदेखि नेपाली दूतावासले उद्धार गर्छ कि भनेर तयारीमा अवस्थामा बंकरमा बसिरहेका छौं । जब साँझ पर्छ, डर बढ्दै जान्छ । राति मिसाइल पर्दा बंकर थरर हल्लिन्छ । दर्दानाक हुन्छ । हामीले १० जना साथीहरु गुमाइसक्यौं । अझै पनि आफू पनि गुम्छौं कि भन्ने डर छ ।

१० जना साथीको त्यो चिच्चाहट, उनीहरुले हामीलाई गरेको हारगुहार याद आउँछ । रातभरि निन्द्रा लाग्दैन । हामीलाई त्यतिमात्रै होइन, मिसाइल यो बंकरमा बज्छ भनेर नेपाल सरकारले सोचिरहेको होला । अहिले कोठामा जो उज्यालो आइरहेको छ, ढोका खुल्ला छ । त्यहाँ आएर राति आतंककारीहरुले साथीहरुलाई जस्तै हामीलाई पनि कुरुतापूर्वक मार्‍यो भने हामी पनि त्यसैगरी मर्ने ? बिन्ती छ–अब अझै पनि पर्खन सक्तैनौं । भारतले एकजना टिकटक स्टारलाई प्लेन चार्टर गरेर भारत लाग्यो भनेर समाचारमा सुन्छौं । नेपाल सरकारले यत्रो विद्यार्थीलाई केही पनि गर्न सक्तैन हो ?

४९ जनामा १० जना त गुमाइसक्यो । अझै बचेको छौं । त्यत्तिलाई त केही न केही गर्नुपर्‍यो । देश फर्केर त हामी पनि केही न केही गर्न सक्छौं होला नि । केही न केही गरिदिओस् । हामीलाई बैठक भइरहेको छ, यता त्यता सुनाउनुपर्दैन । म्यासेजमा हामी यस्तो गरिरहेका छौं भनेर भन्नुपर्दैन । हजुरहरु (राज्य)ले मिटिङ गर्नुस् वा जे गर्नुस् । तर तीन दिन भयो । त्यो पनि त सोचिदिनुस् । हामीलाई केही भाएको छैन । हामी अहिले मानसिक तनावले कुन अवस्थामा होला ? राति बस्दाखेरि मेरो श्वास पुग्दैन । मुटु फुट्न खोज्छ । मुख बन्द हुन्छ । श्वास नपुगेको अनुभव हुन्छ । कहिलेसम्म हामी यसरी बस्ने ? आज दिनभरिमा हामीलाई यहाँबाट उद्धार गरिदिनुस् ।

आज पनि त्यही रातमा कटाउन पर्‍यो भने रात, रातले नै लग्ने भयो हामीलाई । साथीहरुलाई पनि लाग्यो । अब हामीलाई नलगोस् । हामी साथीहरु एकआपसमा बोल्न सकिरहेको छैनौं । साथीभाइ आफन्तले मेरा भाइहरुलाई मरे भनेर म्यासेज आइरहेको छ । यसले हामीलाई कस्तो भइरहेको होला । बिन्ती छ, चाहे जेसुकै होस्, हामीलाई छिटोभन्दा छिटो यहाँबाट उद्धार गरिदिनुस् ।

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved