२२ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इजरायलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार विज्ञप्ति जारी गर्दै इजरायलमा भएको आतङ्कवादी हमलामा घाइते भएका नेपालीको उद्धार तथा त्यहाँ रहेका आफ्ना नागरिकको सुरक्षा सुनिश्चत गर्न माग गरेका हुन् ।
साथै इजरायसलमा रहेका नेपालीहरूको विवरण संकलन गर्न, उनीहरूको अवस्थाबारे सत्यतथ्य जानकारी दिन, घाइतेको उपचार गर्न, बेपत्ता रहेकाको अवस्था पत्ता लगाउन कूटनीतिक पहल गर्न, जोखिमपूर्ण क्षेत्रमा रहेका नेपालीको उद्दार गर्न र स्वदेश फर्कन चाहनेहरुलाई आवश्यक प्रबन्ध मिलाउन राप्रपाले सरकारसँग माग गरेको छ