समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

डेंगुले यो वर्ष सात जनाको मृत्यु

News Image

काठमाडौं, साउन २२ गते । नेपालमा सात हजार ७३३ जनामा डेंगु सङ्क्रमण हुँद सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

स्वास्थ्य सेवा विभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासीनीले हालसम्म सात हजार ७३३ जना सङ्क्रमित भएको जानकारी दिनुभयो । सोमबार काठमाडौंमा भएको कार्यक्रममा बोल्नुहुँदै डा.मरासीनीले सबैभन्दा धेरै सङ्क्रमित सङ्ख्या सुनसरीमा रहेको बताउनुभयो । उहाँले ७१ जिल्लामा डेंगु सङ्क्रमण देखिएको जानकारी दिनुभयो । डा.मरासीनिले सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिबेला पनि डेंगु सर्न सक्ने बताउनुभयो । डेंगुबाट हालसम्म सात जनाको मृत्यु भएको डा. मरासिनीलेजानकारी दिनुभयो ।

डा.मरासीनिले भन्नुभयो,  ‘गत वर्ष करिब ५४ हजार ७८४ केसहरु रिपोर्टेड भएका थिए । जसमध्ये ८८ जनाको मृत्यु भएको रेकर्ड छ । समुदायमा धेरै केस भएको हाम्रो अनुमान हो । निजि स्वास्थ्य संस्थाको रेकर्ड हामीसँग नभएको हुन सक्छ । डेंगुको पहिलो केस नेपालमा २०६१ सालमा देखिएको थियो । विभिन्न समयमा यसले महामारीको रुप लिने गरेको छ । सन् २०१९र सन् २०२२ मा महामारीको रुप लिएको थियो ।’’

उहाँले थप्नुभयो, ‘‘यस वर्ष हामी सचेत हुनुपर्ने कारण केछ भने जनवरी १ देखि अगष्ट ६ सम्म सात हजार सात सय ३३ केस रीपोर्ट भइसक्या छ । सबैभन्दा बढि केस सुनसरीबाट रिपोर्ट भएको छ । सुनसरीको पनि खास गरी धरान उपमहानगरपालिकामा सङ्क्रमित धेरै छन् । जुलाईमा धेरै केस देखिन्छ । यस्तै सात जनाको मृत्युु भएको छ । जति पनि बिरामीको मृत्यु भएको छ । डेंगीले मात्रै मृत्युु भएको छैन, आइसोलेटेड डेंगीका कारण मृत्यु भएको छैन । कतिपय बिरामीहरु किड्नीका हुनुहुन्थ्यो । कतिपयले डायलायसीस गराइ रहनुभएको थियो । कतिपय बिरामी सुुगरको हुनुहुन्थ्यो ।’’

स्वास्थ्य सेवा विभाग स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले डेंगु सङ्क्रमितको उपचार नेपाल सरकारका सबै अस्पतालमा निःशुल्क हुने गरेको बताउनुभयो । डा.पोखरेलले डेंगु रोकथाम र नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

सचिव डा.पोखरेलले भन्नुभयो, ‘‘डेंगु भएका व्यक्तिको उपचार नेपाल सरकारको सबै अस्पतालमा हुन्छ । र यो निःशुल्क उपलब्ध हुन्छ । डेंगु लागेको शङ्का लागेमा परीक्षण गर्नुपर्ने हो । टेष्टमा शुुल्कको एक रुपताका लागि मन्त्रालयले पनि समन्वय गरिरहेको छ । निजी अस्पतालहरुसँग पनि समन्वय गरेर परीक्षणमा एकरुपता ल्याउने कोसीसमा छौं । कही पाँच सय पचास रुपियाँ कही नौ सय रुपिया पनि छ । नेपाल सरकारका केही अस्पतालमा डेंगु लागेको शङ्का लागेमा गर्नुपर्र्ने परीक्षण केही निःशुल्क पनि गरिरहेका छौं ।’’

शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा.बिमल शर्मा चालीसेले डेंगु नियन्त्रणका लागि जनचेतना आवश्यक रहेको बताउनुभयो । उहाँले डेंगुबाट बच्न लार्भा खोजर नष्ठ गर अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । लामखुट्टे बस्ने बासस्थान खोज्ने र त्यसको नष्ट गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘डेंगुका चार वटा सेरोटाइपमध्ये कुनै एउटा सेरोटाइपले इन्फेक्सन गर्‍यो भने कमसेकमपनि १८ महिनादेखि दुई वर्षसम्म अर्को सेरोटाइपले इन्फेक्सन गर्दैन । डेंगी लागे पनि गम्भीर नभएसम्म अस्पतालमा नआएको देखिएको छ । डेंगुका गम्भीर बिरामीमात्रै अस्पतालमा आएकाले बिरामीको चाप कम देखिएको हुनसक्छ । डेंगी उल्लेख्य रुपमा बढेको छैन ।’’ नेपालमा डेंगुको पहिलो केस विसं २०६१ सालमा देखिएको थियो । 

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved