समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

इजरायल–हमास द्वन्द्वले विक्षिप्त छन् मृतकका आफन्त

News Image

काठमाडौँ — भूकम्पले बझाङको जयपृथ्वी नगरपालिका–११ चैनपुरका धनलाल नेपालीको घरका भित्ता चिरा परेका छन् । गत मंगलबार भूकम्पपछि इजरायलमा रहेका छोरा गणेशले आमालाई फोन गरेर भनेका थिए, ‘घर धेरै चर्केको भए भित्र नबस्नु, आफ्नो ख्याल राख्नुहोला ।’

परिवारमा सबैको रुवाबासी छ । गाउँका दाजुभाइले आमाबुबालाई सम्झाउने प्रयास गरिरहनुभएको छ, तर सम्हालिरहनुभएको छैन,’ उनले भने । आइतबार साँझदेखि मूर्च्छित गणेशकी आमा होस खुलेका बेला बिलौना गर्छिन् । स्थानीय सत्यराज सिंहले भने, ‘मेरो छोराले परान जानेबेला पानी पायो होला कि नाइँ, ऐय्या भन्यो होला कि नाइँ भनेर भक्कानिन्छिन् र मूर्च्छा पर्छिन् ।’ विपन्न दलित परिवारमा जन्मेका गणेश पढाइमा अब्बल थिए । गीतसंगीतमा रुचि राख्ने, स्टेज कार्यक्रम गर्ने, मिलनसार भएकाले सबैले माया गर्ने चैनपुरका उनका साथीहरूले सुनाए । ‘सिलाइकटाइ गरेर पढाएको छोरा हो, अब के गरूँ, कसरी चित्त बुझाऊँ ?’ बुबा धनलालले भने ।

०००

आइतबार साँझ झमक्क हुन थालेपछि कैलाली घोडाघोडी नगरपालिका जनकपुरका हरिकृष्ण न्यौपानेको घरमा छरछिमेकी ओइरिन थाले । इजरायल घटनाबारे न्यौपाने परिवारले खबर नपाए पनि गाउँलेबीच फैलिसकेको थियो । तर, तत्काल सुनाउने हिम्मत कसैले गर्न सकेका थिएनन् । किनकि हरिकृष्णका माइला छोरा नारायण पनि परेका थिए ।

 

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved