समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

विश्वकप क्रिकेट : इंग्ल्यान्डले बंगलादेशलाई १३७ रनले हरायो

News Image

काठमाडौँ — भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत आज सम्पन्न खेलमा इंग्ल्यान्डले बंगलादेशलाई पराजित गरेको छ । इंग्ल्यान्डले  बंगलादेशलाई १ सय ३७ रनले हराएको हो 

भारतको हिमाञ्चल राज्यको धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै तीन सय ६४ रन बनायो । तीन सय ६५ रनको विजय लक्ष्य पछाएको बंगलादेशको पारी ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै दुई सय २७ रनमा समेटियो ।

बंगलादेशका लागि लिट्टन दासले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ६६ बलमा दुई छक्का र सात चौका प्रहार गरे । यस्तै मुस्फिकुर रहिमले अर्धसतकीय पारी खेले । उनले ६४ बल खेल्दै चार चौकाको मद्दतमा ५१ रन बनाए । तोहिद हृदोयले ३९ रन बटुले ।

बलिङतर्फ इंग्ल्यान्डका रिस टप्लेले चार, क्रिस वोक्सले दुई तथा मार्क उड, आदिल रसिद, लियाम लिभिङस्टोन र साम करनले एक/एक विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गर्ने क्रममा इंग्ल्यान्डका डेविड मलानले सर्वाधिक १४० रनको योगदान दिए । उनले १०७ बल खेल्ने क्रममा १६ छक्का र पाँच चौका हाने । यस्तै जोए रुटले उत्कृष्ट ब्याटिङ गर्दै ८२ रन जोडे । उनले ६८ बलको सामना गर्दै एक छक्का र आठ चौका प्रहार गरे । जोनी ब्रेस्टोले ५२ रन बनाए । उनले ५९ बल खेल्दै आठ चौका हाने । कप्तान जस बट्लरले २० रन बनाए ।

बलिङतर्फ बंगलादेशका लागि मेहदी हसनले चार, सोरिफुल इस्लामले तीन तथा कप्तान सकिब अल हसन र तास्किन अहमदले एक/एक विकेट लिए । जारी विश्वकपमा इंग्ल्यान्डको यो पहिलो जित हो । यसअघि आफ्नो पहिलो खेलमा इंग्ल्यान्ड न्युजिल्यान्डसँग नौ विकेटले पराजित भएको थियो । बंगलादेशको पनि यो पहिलो हार हो । यसअघि बंगलादेशले पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको थियो ।

 

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved