समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

इरानमाथि नेपालको फराकिलो जित

News Image

२५ असोज, काठमाडौं । यू-१९ एसीसी प्रिमियर कपमा इरानमाथि २७४ रनको फराकिलो जित निकाल्दै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

वाईएसडी (यूकेएम क्रिकेट ओभल, बाङ्गीमा भएको खेलमा इरानलाई ३०.४ ओभरमा ७९ रनमा अलआउट गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुँदै ३५३ रन बनाएको थियो ।

नेपालले दिएको बलियो लक्ष्य पछ्याएको इरानका ओपनर अमिर खोरासन्दले सर्वाधिक ३७ रन बनाए । उनले ५ छक्का र १ चौका प्रहार गरे । उनी आकाश चन्दको बलमा लङ अनका फिल्डर मिलन बोहोराको हातबाट क्याच आउट भए ।

नेपालका लागि सुवास भण्डारीले सुरुवाती विकेट लिए । उनले ओपनर समान शेखीलाई स्लिपमा आकाश त्रिपाठीको हातबाट क्याच गराए । पावर प्ले सकिंदा इरान तीन विकेट गुमाएर ५२ रनमा रहेको थियो । त्यसपछि, दिपेश कडेंलले ११औं ओभरमा अर्सलान शेखीलाई २ रनमा बोल्ड गरे ।

सुवासले १२औं ओभरमा सलिम ताललाई समान २ रनमै अर्जुन कुमालबाट क्याच गराए । २० ओभरको समाप्तीमा इरानका दुई ब्याटरले केही टिकेर खेल्ने कोसिस गरे । कप्तान दधारमान रैसी र समिर इब्राहिमीपुरले १० ओभर टिकेर खेले पनि जम्मा ५ रन मात्रै जोड्न सके ।

इरान २० ओभरको समाप्तीमा ५ विकेटको क्षतीमा ५७  रनमा रहेको थियो । २१औं ओभरमा तीव्र गतिका बलर अकाश चन्दले कप्तान रैसीलाई विकेट किपर दीपक डुम्रेको हातबाट क्याच गराए । २१ औं ओभरमा आकाशले १० रन खर्चिएर १ विकेट लिए ।

सातौ विकेट हेमन्त धामीको नाममा रहृयो । उनले जैइद रैसीलाई २३.४ ओभरमा बोलड गरिदिए । त्यस्तै, आठौं विकेट पनि उनैको नाममा रहृयो । उनले इस्मेल बेज्रजीहीलाई २५.४ ओभरमा बोल्ड आउट गरे ।

दिपेशले नवौं विकेटका २९.४ ओभरमा लागि हन्जादलेज देराखसान्देहलाई ४ रनमा कट एण्ड बोल्ड गरे । ३०.४ ओभरमा फरिहान बहाकलाई शून्यमा बोल्ड गर्दै नेपालले शानदार जित निकालेको छ । सबिर इब्राहिशमीपोर ११ रनमा अविजित रहे ।

नेपालका लागि स्सिपनरद्वय दिपेश कँडेल र सुवास भण्डारीले समान तीन/तीन विकेट लिए । तीव्र गतिका बलरद्वय हेमन्त भामी र आकाश चन्दले समान दुई/दुई विकेट लिए ।

त्यसअघि, ब्याटिङ गरेको नेपालका कप्तान देव खनालले शतक तथा दिपक बोहरा र दिपकप्रसाद डुम्रेल अर्धशतक प्रहार गरे । १० रन हुँदा ओपनर अर्जुन कुमाल र वान डाउनमा आएका आकाश त्रिपाठीलाई गुमाएको नेपालको इनिङ्स देव र ओपनर दिपक बोहराले सम्हाले । यो जोडीले तेस्रो विकेटका लागि १६६ रनको साझेदारी गरेका थिए । देव र दिपक क्रिजमा हुँदा नेपालले ठूलो स्कोर बनाउने संकेत देखाए पनि नियमित अन्तरमा विकेट गएपछि नेपालले पूरै ५० ओभरसमेत खेल्न सकेन ।

कप्तान देवले ६० बल खेल्दै १२ चौका र ४ छक्का मदतमा १०० रन बनाए । उनी शतक बनाएलगत्तै २१औं ओभरको पहिलो बलमा आउट भए । देव यू-१९ टिमबाट दुई शतक हान्ने पहिलो नेपाली ब्याटर समेत बने ।

अर्को ओभरमा अर्धशतक बनाएका दिपक बोहरा पनि आउट भए । उनले ५९ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा ६५ रन बनाए ।

दुई सेट ब्याटर लगातार आउट भएपछि नेपालले १८५ रनमा चार विकेट गुमाएको थियो । तर त्यसपछि नेपालको इनिङ् सम्हाल्ने काम विकेटकिपर दिपकप्रसाद डुम्रे र दिपेश कँडेलले गरे ।

यो जोडीले पाँचौ विकेटका लागि ९ ओभरमे ९१ रनको साझेदारी गरेका थिए । तर ३१औं ओभरको पाँचौ बलमा दिपक आउट भएपछि नेपालले विकेट गुमाउन थाल्यो । दिपक डुम्रेले ४४ बल खेल्दै ८ चौका र २ छक्का मद्दतमा ६९ रन बनाए । दिपेशले २२ बल खेल्दै २९ रन जोडेर आउट भए । जतिबेला नेपालको स्कोर २९१-६ थियो । त्यसपछि अर्का दिपक बोहरा १ र मिलन बोहरा शून्यमा आउट हुँदा नेपालले २९१ मै ८ विकेट गुमायो । तर त्यसपछि सुवास भण्डारी, हेमन्त धामी र आकाश चन्दले आक्रमक ब्याटिङ गर्दै नेपालको स्कोर उकासेका थिए ।

हेमन्तले १९ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा २३ रन बनाए । आकाशले ११ बलमा १९ रन बनाउँदा तीन चौका प्रहार गरे । सुवासले १६ बल खेल्दै २ चौका प्रहार गरी १८ रनमा अविजित रहे ।

इरानका लागि द्राहमन रएसी र सल्मान निएजमान्दले तीन/तीन तथा जेइद राएसी र समान शेखीले समान दुई विकेट लिएका थिए ।

नेपालले दोस्रो खेल आइतबार बहारइनसँग बायोमास ओभलमा खेल्नेछ ।

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved