समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

इजरायल–हमास युद्धले मानवीय संकट बढ्दै

News Image

दुवै पक्षको आक्रमणमा मर्नेको संख्या दुई हजारभन्दा बढी, संघर्ष हुन्जेल बन्धकमा रहेकालाई नछोड्ने हमासको अडान

जेरुसेलम — इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीच जारी युद्धले नागरिकको दैनिकी कष्टपूर्ण बनेको छ । गाजामा इजरायलको आक्रमण तथा इजरायली भूभागमा हमासको आक्रमणका कारण दुवैतर्फ मानवीय सहायताको आवश्यकता रहेको अन्तर्राष्ट्रिय संघसंस्थाले जनाएका हुन् ।

विश्व स्वास्थ्य संगठनले गाजामा सहायताका लागि मानवीय करिडोर बनाउन अपिल गरेको छ । प्यालेस्टाइनी अधिकारीका अनुसार शनिबारयता इजरायलको आक्रमणमा गाजामा १ हजार जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । गाजामा इजरायलको निरन्तर आक्रमण र नाकाबन्दीका कारण सर्वसाधारणको कठिनाइ बढिरहेको छ । सोमबार इजरायलले गाजा क्षेत्रमा नाकाबन्दी गर्ने घोषणा गरेको थियो, जसका कारण त्यहाँ पानी, इन्धन, बिजुलीलगायतको आपूर्ति रोकिएको छ 

यस्तै, शनिबारयता हमासको आक्रमणका कारण १ हजार २ सय जनाभन्दा बढी इजरायली नागरिकको मृत्यु भएको इजरायलका अधिकारीले बताएका छन् । घाइतेको संख्या ३ हजारभन्दा बढी छ । इजरायलले गाजा क्षेत्रमा निरन्तर मिसाइल आक्रमण गरिरहेको छ । हमासले पनि १ सयदेखि डेढ सयसम्म इजरायलीलाई बन्धक बनाएको अनुमान गरिएको छ । बन्धक हुनेमा महिला, बालबालिका तथा सैनिक पनि छन् । हमासले संघर्ष जारी रहेसम्म बन्धकहरूलाई छोड्ने विषयमा कुनै पनि वार्ता गर्न अस्वीकार गरेको छ । हमासले पनि गाजामा आक्रमणको प्रतिरोधस्वरूप इजरायलको अस्केलोन सहरमा आक्रमण गर्ने धम्की दिएको छ । टेलिग्राममा राखिएको एउटा पोस्टमा हमासले गाजादेखि उत्तरमा रहेको उक्त सहरमा आक्रमण गर्ने धम्की दिएको हो । उसले स्थानीयलाई उक्त इलाका छाड्न उर्दी पनि जारी गरेको छ ।

अन्तर्राष्ट्रिय समुदायले शान्तिका लागि आह्वान र मध्यस्थताका लागि तत्परता देखाएका छन् । कतारका विदेश मन्त्रालयले इजरायल र हमासबीच मध्यस्थताका लागि प्रयास गरिरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले शनिबार रातिदेखि नै वार्ता गरिरहेको समाचार संस्था रोयटर्सलाई बताएका छन् । ‘हाम्रो प्राथमिकता रक्तपातपूर्ण युद्ध अन्त्य गर्नु हो । यस्तै, कैदीबन्दीको रिहाइ र युद्धको असर क्षेत्रीयस्तरमा फैलिन नदिनु पनि हो,’ उनले भने ।

हमासले आक्रमण गरेपछि इजरायलको सुरक्षा परिषद्ले औपचारिक रूपमा ‘युद्ध स्थिति’ को घोषणा गरिसकेको छ । यो घोषणापछि इजरायल सरकारलाई महत्त्वपूर्ण सैन्य गतिविधि गर्न अनुमति मिलेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा क्षेत्रका स्थानीयलाई विस्थापित हुन चेतावनी दिँदै उक्त क्षेत्रलाई ‘निर्जन स्थल’ को रूपमा बदल्ने घोषणा गरेका छन् ।

सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । त्यसपछि उसले पूरा जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ । प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई ‘भविष्यको एक सार्वभौम र स्वतन्त्र मुलुकको राजधानी’ का रूपमा लिँदै आएको छ । यही विषयमा प्यालेस्टाइन र इजरायलबीच विवाद रहँदै आएको छ भने पटक–पटक यसले युद्धको रूप लिएको छ । सन् २०१४ को जुलाईदेखि अगस्टको बीचमा भएको द्वन्द्वमा २ हजार २५१ प्यालेस्टाइनी मारिएका थिए । तीमध्ये १ हजार ४ सय ६२ त सर्वसाधारण नै थिए । त्यस्तै इजरायलका ६ सर्वसाधारणसहित ६७ जना सैनिक मारिएका थिए ।

पछिल्लो पटक २०२२ अगस्टमा इजरायली सेनाले प्यालेस्टाइनी विद्रोही अखडामा हवाई आक्रमण गर्दा ४४ जनाको मृत्यु भएको थियो । प्यालेस्टाइनी विद्रोही समूहले १ हजारभन्दा बढी रकेट आक्रमण गरेपछि इजरायलले जवाफी कारबाही गरेको दाबी गरेको थियो । त्यसअघि सन् २०२१ मा रमदानकै महिना इजरायल–प्यालेस्टाइन द्वन्द्व चर्किएको थियो । ११ दिनसम्म लम्बिएको हिंसात्मक द्वन्द्वमा गाजा क्षेत्रका २ सय ५० जना र इजरायलका १३ जना मारिएका थिए । इजिप्टबाट कब्जामा लिएको ३८ वर्षपछि इजरायली सेना गाजाबाट एकतर्फी हटेको थियो । त्यस क्षेत्रलाई उसले प्यालेस्टाइनलाई छाडिदिएको थियो । त्यसयता कयौं पटक इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्किंदै आएको छ ।

 

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved