समाचार

बुधबार
06:09 PM

आश्विन, २०८१

द्वादशी, वैशाख शुक्लपक्ष
02 May, 2023
आजको सुन, चाँदीको दर
बुधबार, २ आश्विन २०८१
 
02 May, 2023


gold
हलमार्क
प्रति तोला
gold
तेजाबी
प्रति तोला
gold
चाँदी
प्रति तोला

काठमाडौंमा ‘लुटपाट गर्ने’ समूहमाथि प्रहरीले चलायो गोली, १ जना घाइते

News Image

काठमाडौं– काठमाडौंको साँखु क्षेत्रमा प्रहरीले गोली चलाएको छ। डाँका तथा नकजवनीका घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा गोली चलाइएको प्रहरीले जनाएको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले साँखु क्षेत्रको जगडोलमा गोली चलाएको हो। काठमाडौं उपत्यकामा हुने लुटपाटका घटनामा संलग्नहरुको समूहलाई पक्राउ गर्ने क्रममा गोली चलाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी शोमेन्द्रसिंह राठौरले जानकारी दिए

‘लुटपाटका घटनामा सक्रिय समूह पुन: लुटपाट गर्दैछ भन्ने सूचनाका आधारमा हाम्रो टोली परिचालन भएको थियो। त्यसक्रममा जम्काभेट भएपछि उनीहरुले प्रहरी टोलीमाथि नै हतियार प्रहार गर्न खोजे,’ एसएसपी राठौरले भने, ‘लुटपाटमा संलग्न ३ जनालाई नियन्त्रणमा लिइएको छ।’

एसएसपी राठौरका अनुसार १ जनाको खुट्टामा गोली लागेको छ। अन्य २ जनालाई भने चोटपटक छैन।

 

"सुभ पात्रो" एक डिजिटल कैलेण्डर हो जो नेपाली मिति, त्योहारहरू, संस्कृति, वैदिक हिन्दू उत्सव, विभिन्न जातीय समूह, धर्म, विश्वास र सांस्कृतिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रदान गर्दछ। यो नेपाली समय, मिति, पञ्चाङ्ग, शुभ समय/मुहूर्त र विशेष दिन, त्योहार र यात्राहरूको सबै आवश्यक जानकारीहरू ठीक रूपमा पेश गर्दछ। तपाईं हाम्रो वेबसाइट वा आइफोन र एन्ड्रोइड दुबै उपलब्ध "बेस्ट सुभ पात्रो एप" द्वारा यो जानकारी सजिलै प्राप्त गर्न सक्नुहुन्छ। यो विश्वभरी र नेपालभरी सबैले सजिलै यो जानकारी प्राप्त गर्न सक्छन्।"
Copyright © 2023 Subhapatro. All Rights Reserved